खानेपानी कार्यालयका प्रमुखलाई अर्धनग्न बनाएर अनि बजार घुमाए

जनकपुर । खानेपानी डिभिजन कार्यालय जनकपुरका कार्यालय प्रमुख जागेश्वर कुशवाहामाथि जनमत पार्टीका (सिके राउत) कार्यकर्ताले दुव्र्यवहार गरेका छन् । कुशवाहालाई नियन्त्रणमा लिएर कार्यकर्ताहरुले अर्धनग्न बनाई बजार परिक्रममा गरेका छन् ।

सडक विस्तारका क्रममा खानेपानीको पाइप ठाउँठाउँमा फुटेको र उक्त फुटेको पाइप मर्मत गर्न आग्रह गर्दा कुशवाहाले जनकपुर नगरपालिकातिर जिम्मेवारी देखाउँदै आएको आरोप छ । सोही विषयमा विवाद हुँदा सिके राउतका कार्यकर्ताले उनीमाथि दुव्र्यवहार गरेका हुन् ।

यसैबीच दुव्र्यवहार गरेको आरोपमा प्रहरीले जनमत पार्टीका कार्यकर्ता विजयकुमार यादवसहित सात जनालाई पक्राउ गरेको छ । पक्राउ परेका कार्यकर्तालाई रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडी नरा जुलुस भइरहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 211 times, 1 visits today)

epaper

ताजा समाचार

धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै