मुम्बई । बलिउड अभिनेत्री अनन्या पान्डेसँग भारतको नार्कोटिक कन्ट्रोल ब्युरो (एनसिबी)ले लगातार दुई दिन सोधपुछ गरेको छ ।
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानसँग नजिक रहेकी अनन्या पनि पछिल्लो समय लागू औषध प्रकरणको छानविन घेरामा परेकी छिन् ।
बिहिबार अनन्याको घर पुगेको ब्युरोले उनलाई आफ्नो कार्यालयमा ल्याएर बयान लिएको हो । अनुसन्धानका क्रममा लागू औषध प्रयोगको बिषयमा आर्यन र अनन्या बीच भएको कुराकानीको आधारमा एनसिबीले अभिनेत्री अनन्यालाई बिहिबार र शुक्रबार लगातार सोझपुछ गरेको छ । सोधपुछका क्रममा लागू औषध उनीहरुसम्म कसरी आउँथ्यो भन्ने सम्पर्क व्यक्त’bout आफुलाई थप जानकारी भएको ब्युरोले जनाएको छ ।
अनुसन्धानको क्रममा अभिनेत्री अनन्याको फोन समेत नियन्त्रणमा लिएर ब्युरोले अनुसन्धान सुरु गरेको छ । अनन्याको कामदारका अनुसार शाहरुख पुत्र आर्यन खानलाई अभिनेत्री अनन्याको अनुरोधमा केही व्यक्तीले लागू औषध दिने गरेको आरोप यी अभिनेत्री माथि छ । तर त्यो आरोपको उनले अश्विकार गरेकी छिन् । ब्युरोले उनको कमदारलाई पनि यो विषयमा बयान लिईरहेको छ ।
अभिनेत्री अनन्यालाई ब्युरोले सोधपुछको क्रम जारी रहेकाले मुम्बईबाट बाहिर नजान निर्देशन दिएको छ । फेरी २५ अक्टोबरमा सोधपुछको लागि बोलाएको छ ।
नर्कोटिक ब्युरोले गरेको अनुसन्धानमा अभिनेत्री अनन्याले आर्यन खानलाई लागू औषध (गाँजा) कसरी कहाँबाट पाउने भनेर ह्वाट्स एप्समा भएको च्याटमा सल्लाह दिएको पाईएको छ । उनीहरुको च्याटमा भएको कुराकानी र अनन्याको कामदारको बयान अनुसार अनन्या पनि यो प्रकरणम दोषी सावित हुने ब्युरोको कथन छ ।






