इजलासबाट उठेर प्रधानन्यायाधीशले भने : मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफूले मुद्दा हेर्न नछाड्ने बताएका छन् । बुधबार पाँचवटा मुद्दाको सुनुवाइ गर्दै आदेशसमेत जारी गरेर इजलासबाट उठ्दै भने, ‘मुद्दा हेर्न छाड्दिनँ, मेरा कुरा भोलि राख्छु ।’

बुधबार सर्वोच्च अदालतका पूर्वन्यायाधीश शारदाप्रसाद पण्डितको निधनका कारण शोकमा रहेकाले अहिले देखिएका विवाद र प्रश्न’bout केही नबोल्ने उनले बताए । ‘सर्वोच्चका न्यायाशीशको मृत्युले शोकमा भएकाले आज केही भन्दिनँ, मेरा सबै कुरा भोलि राख्छु,’ प्रधानन्यायाधीश जबराले संक्षिप्त कुराकानी गर्दै भने ।

प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरूले मुद्दाको सुनुवाइ बहिष्कार गरेका छन् । दुई दिनदेखि सर्वोच्चमा सुनुवाइ हुन सकेको छैन । बुधबार प्रधानन्यायाधीश जबराले पाँचवटा मुद्दाको सुनुवाइ गरेर आदेश पनि दिएका छन् । उनले भोलि पनि निरन्तर मुद्दाको सुनुवाइ हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 284 times, 1 visits today)

epaper

ताजा समाचार

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान नसार्ने सरकारको निर्णय