राजधानी दैनिकका कार्यकारी सम्पादक पण्डित सम्मानित

 

काठमाडौ । रौतहट टाइम्स साप्ताहिकले आफ्नो २२ औ वार्षिकोत्सवको अवसरमा राजधानी दैनिकका कार्यकारी सम्पादक सागर पण्डित लगायत तीनजनालाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा विद्युत प्राधिकरणका कार्यकारी निर्देशन कुलमान घिसिङ तथा सडक विभागका महानिर्देशक केशव कुमार शर्मा रहेका छन् ।

कार्यकारी सम्पादक पण्डितलाई पत्रकारिता मार्फत सुशासन कायम गर्न उल्लेख्य भुमिका खेलेको भन्दै सम्मान गरिएको हो भने घिसिङलाई लोडसेडिङ हटाई मुलुकलाई उज्यालो बनाउन महत्वपुर्ण भुमिका खेलेको भन्दै सम्मान गरिएको थियो । यस्तै सडक विभागका महानिर्देशक शर्मालाई पछिल्लो समय सडकको अवस्था सुधार गरि विकास निर्माण कार्यमा योगदान पु¥याएको भन्दै सम्मान गरिएको हो । उनीहरु सबैलाई पुर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ट नेता माधव कुमार नेपालले सम्मान गरेका हुन्।

रौतहट टाइम्सको वार्षिकोत्सवको अवसरमा आयोजित ‘अबको राजनीतिक कोर्स ’विषय अन्तरसंवाद कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ट नेता माधव कुमार नेपालले नेकपाको नेतृत्वमा रहेको सरकारले मुलुकमा समृद्धि कायम गर्ने लडाईमा सहजै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे । नेता नेपालले सरकारले आफ्नो कार्यशैली परिवर्तन गर्दै सबैलाई समेटेर आक्रामक कार्यक्रमहरु ल्याउनु पर्ने आवश्यकता औल्याए ।

नेकपा वरिष्ट नेता नेपालले सरकार र पार्टीमा देखिएका विद्यमान समस्या समाधान गर्न नेतृत्वले सामूहिक प्रयास गर्नुपर्ने आवश्यकता औल्याए । ‘चुनौती धेरै छैन् ,विविधतालाई एकतामा बदलेर अगाडी बढ्न सकिए सफलता हासिल गर्न कठिन छैन् ।’नेता नेपालले भने । उनले मुलुकमा राजनीतिक लडाई पुरा भएपनि समृद्धि र विकासमा सफलता हासिल गर्नुपर्ने गरि सकारात्मक लडाई आवश्यक रहेको बताए । वरिष्ट नेता नेपालले सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य ठीक भएको बताउदै सो लक्ष्यलाई पुरा गर्न सबै पक्ष संवेदनशील भएर लाग्नु पर्ने आवश्यकता औल्याए । उनले सरकारले अनुगमन प्रणालीलाई सुधार गर्दै नवप्रर्वधनात्मक कार्यको समेत शुरुवात गरि मूल्याङ्कन प्रणालीलाई व्यवस्थित बनाउन सकेमा विकास र समृद्धि सहजै हासिल हुन सक्ने बताए ।

पुर्व प्रधानमन्त्री नेपालले विकास योजनाहरु दीर्घकालीन हुनुपर्ने र योजना बनाईसकेपछि त्यसको शसक्त कार्यान्वयन गर्नुपर्ने आवश्यकता औल्याए । ‘सरकारले सपना देख्नु पर्छ तर त्यसलाई विपनामा उतार्न आवश्यक कार्ययोजना बनाएर लागु गर्न सक्नुपर्छ ’उनले भने । नेता नेपालले आफ्नो दल पुर्ण प्रेस स्वतन्त्रताको लागि प्रतिवद्ध रहेको स्पष्ट पार्दै प्रेसले पनि स्वतन्त्रताका नाममा नकारात्मक भावना सिर्जना हुने गरि समाचार संप्रेषण गर्न नहुने आवश्यकता औल्याए । ‘प्रेसले सबै नागरिकमा देशप्रेम र आशा जगाउन सक्नुपर्छ, प्रेसको काम नकारात्मकता फैलाउने होइन्’नेपालले भने । उनले आफुहरुले प्रेस स्वतन्त्रताको नाममा छाडापनलाई समर्थन गर्न नसक्ने बताए । नेता नेपालले सरकारले सफलता हासिल गर्न र समृद्धि कायम गर्न मुलुकको कृषि, पर्यटन र जलश्रोतको क्षेत्रको भरमग्दुर उपयोग गर्नुपर्ने आवश्यता औल्याए । उनले सरकारी संयन्त्रहरुले आफ्नो जिम्मेवारी अनुसार फिल्डमा नै गएर अनुगमन शसक्त बनाउनु पर्ने आवश्यकता औल्याए ।

 

तपाइको प्रतिक्रिया
(Visited 547 times, 1 visits today)

epaper

ताजा समाचार

मनहरी गाउँपालिकाद्वारा करदाता सेवा सुरु