भारतीय सेना प्रमुखसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु

काठमाडौं । भारतीय सेनाका प्रमुख एवं पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) बिपिन रावत र उनकी पत्नीसहित १३ जनाको हेलिकप्टर दुर्घटनामा परि निधन भएको छ ।

बुधबार भारतको तमिलनाडुमा एक हेलिकप्टर दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । भारतीय वायु सेनाले ट्विटरमा यस’bout जानकारी दिएको छ ।

हेलिकप्टरमा सवार १४ जना मध्ये १३ जनाको दुर्घटनामा मृत्यु भएको हो । ग्रुप क्याप्टेन वरुण सिंह दुर्घटनामा घाइते भएका छन् ।

उनको उपचार भइरहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सेना प्रमुख रावतको निधनमा गहिरो दु:ख व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 626 times, 1 visits today)

epaper

ताजा समाचार

कार्यालयभित्रै मादक पदार्थ सेवन गरेको आरोपमा ३ कर्मचारीसहित ५ जना पक्राउ