कांग्रेस महाधिवेशन : दोस्रो चरणमा ६ बजेसम्म १५ सय मत खस्यो

काठमाडौं । नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गतको सभापतिका लागि जारी दोस्रो चरणको मतदानमा ६ बजेसम्म १ हजार ५ सय भन्दा धेरै मत खसेको छ ।

सोमबार भएको मतदानमा कुनै पनि उम्मेदवारले ५० प्रतिशत भन्दा धेरै मत नपाएपछि आज दोस्रो चरणको मतदान भइरहेको हो। राष्ट्रिय सभागृहमा​ ६ वटा बुथबाट मतदान भइरहेको छ ।

हालसम्म १ हजार ५ सय बढी मत खसेको निर्वाचन समिति सदस्य एगराज पोखरेलले जानकारी दिए । पहिलो चरणमा धेरै मत पाएका शेरबहादुर देउवा र शेखर कोइराला चुनावी प्रतिस्पर्धामा छन् ।

तपाइको प्रतिक्रिया
(Visited 280 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स