जनताका एजेन्डा नछोड

संसदीय पार्टी बन्ने वा ‘क्रान्तिकारी’ पार्टी बन्ने भन्ने दोसाँधमा रहेको बेला माओवादी केन्द्रले आफ्नो आठौं राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु गरेको छ । यो महाधिवेशनले माओवादी पार्टीलाई कतातिर डो-याउला भन्ने संशय अझै पनि छ । किनकि, यो नेपालको संसद्मा तेस्रो ठूलो राजनीतिक दल हो माओवादी केन्द्र अहिले संसदीय व्यवस्थाभित्र अगाडि बढिरहेको छ । तर, यसले क्रान्ति गर्ने भन्ने कुरा भनिरहन छाडेको छैन । यसको यो आफ्नो उपस्थिति एकातिर र भनाइ अर्कोतिर हुने गरिरहेको सन्दर्भले पनि यसलाई दुविधाको अवस्थामा पु¥याइदिएको छ । जनताबीच आशंका पनि यही मानेमा उठ्ने गरिरहेको छ । जेसुकै भए पनि माओवादीले आमजनताको हितमा समर्पित हुने खालका एजेन्डा भने छोड्नुहुँदैन ।

अहिले माओवादी आफंैले नयाँ क्रान्तिकारी विचार निर्माणको कुरा गरिरहेको छ भने अर्कोतिर क्रान्तिकारी पार्टी निर्माणको कुरा पनि गरिरहेको छ । यसले पनि माओवादी अब सदाका लागि संसदीय पार्टी बनिरहने हो कि भनी आशंका गरिरहेकाबीच थप कौतुहलता ल्याइदिएको छ । अझै पनि जनतामा के विश्वास छैन भने यसले बोल्ने गरेको कुरा व्यवहारमा कार्यान्वयन गरिछाड्ला वा त्यत्तिकै रहला ? यद्यपि यो अहिले पनि आशंकाकै विषय बनेको छ किनकि महाधिवेशन सम्पन्न हुन बाँकी नै छ । माओवादी अध्यक्ष पुष्पकमल दाहालले अब आपूmहरू आमूल रूपमा परिवर्तन हुने र देश तथा जनतालाई केन्द्रबिन्दुमा राखेर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै आइरहेका छन् । उनको प्रतिबद्धताले साँच्चै नै व्यावहारिकता प्रदान गर्न सकोस् भन्ने कामना छ । कुनै पनि पार्टीले आफ्नो महाधिवेशनमा लिने विचार, कार्यदिशा, नीति र कार्यक्रम उसको आन्तरिक मामलाको कुरा हो । तर, राज्यसत्तासँग प्रत्यक्ष रूपमा जोडिएका पार्टीहरूको हकमा भने यो कुरा लागू हुन सक्दैन । किनकि, सत्तामा सहभागी पार्टीहरूले लिने विचार, नीति तथा कार्यक्रम तात्कालीन व्यवस्था र प्रणालीभन्दा फरक हुन सक्दैनन् । सरकार यस्ता पार्टीहरूले लिने नीति तथा कार्यक्रम कार्यान्वयनको साधन बन्न पुगिरहेको हुन्छ । त्योभन्दा फरक रूपमा सरकार बाहिर रहेका वा क्रान्तिका क्रममा रहेका पार्टीहरूले आफ्नो आदर्श, विचार र उद्देश्यअनुरूप आफ्ना विचार, नीति र कार्यक्रम प्रतिबद्धताका रूपमा राख्ने गरिरहेका हुन्छन् । हालको अवस्थामा माओवादी केन्द्र आफंैमा सत्ताधारी पार्टी पनि हो ।

यसले लिने विचार, नीति तथा कार्यक्रम अहिलेको व्यवस्था र सरकारसँग विसंगतिपूर्ण हुने खालको हुनुहुँदैन । त्यसो गर्न सत्ताधारी पार्टी स्वतन्त्र हुँदैनन् पनि । यस अर्थमा माओवादी केन्द्रले आफ्नो पार्टीका नेता तथा कार्यकर्तालाई सान्त्वना दिन जेजस्ता कुरा ल्याउने र प्रचार गरिरहेको छ त्यसले सार्थकता पाएमा कार्यकर्ताहरूमा पनि छुट्टै उत्साहको सञ्चार पलाउन सक्छ । अहिले माओवादी केन्द्रको रूपान्तरण क्रान्तिकारी बन्नेतिर हुन सक्छ वा संसदीय दल बन्नेतिर भन्ने कुरामा स्वयं माओवादी आफंै स्वतन्त्र छैन । त्यसमा पनि अन्तर्राष्ट्रिय परिस्थिति त झन् माओवादी केन्द्रका लागि असहज र कल्पनाभन्दा बाहिरको कुरा बन्दै गइरहेको छ । यस्तो बेलामा माओवादी केन्द्रले के गर्न चाहेको छ, कोसँग गर्न चाहिरहेको छ र कुन समयमा गर्न खोजिरहेको छ भन्ने कुराले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । यस्तो अवस्थामा माओवादी केन्द्रका लागि क्रान्तिकारी रूपान्तरण नभई संसदीय रूपान्तरण हुने नै बढी सम्भावना रहेको छ । संसदीय रूपान्तरण भयो भने पनि सो दलले नैतिकता इमानदारिता र विगतमा लिएका जनताका एजेन्डालाई आत्मसात् गर्दै अगाडि बढ्न सक्नुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 317 times, 1 visits today)

epaper

ताजा समाचार

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान