आज पुस पन्ध्र, अछाममा यसरी मनाइन्छ राेटी पर्व


आजको दिनमा अछाममा पनि एउटा विशेष पर्व मनाउने गरिन्छ । यो पर्वको ’boutमा धेरैलाई थाहा नहुन पनि सक्छ । यो पर्व अछाम बाहेक अन्य जिल्लामा मनाएको पाइदैन । यो पर्व भनेको रोटी पकाएर खाने पर्व हो । रोटी पकाएर खाने पर्व भन्दा धेरैलाई अचम्म लाग्न सक्छ । ह्या ! रोटी खाने पनि पर्व ? धेरैको मनमा लाग्न सक्छ । रोटी खाने पनि पर्व हुन्छ ? रोटी त सबैले सधै खाई नै रहेका हुन्छन् होइन र ? हो,रोटी सबैले सधै पकाएर खाने नै गरेका हुन्छ । रोटी पकाएर खाने पर्व भन्दा अचम्म लाग्नु पनि स्वभाविक नै हो । किन कि धेरैलाई यसका ’boutमा थाहा नै छैन ।

हाम्रो देशका विभिन्न समुदायमा यति धेरै कला संस्कृति र परम्परा लुकेर बसेका छन कि हामीलाई थाहा नै छैन । थाहा पनि कसरी होस् त, हाम्रो देशमा भएका कला सस्कृति परम्परा भन्दा देश बाहिरका कला सस्कृतिमा बढी रमाउने गर्छौ । आप्mनो मुलुकमा हुने कला सस्कृति भन्दा बाह्य मुलुकका कला सास्कृतिमा रमाउने परम्परा बढ्दै गएकाले आप्mनो मौलिक कला सस्कृति र चाण्डपर्वहरु लोप हुँदै गएका छन् ।

अहिलेको आधुनिक युगले हामीलाई आप्mनो परम्परा र कला संस्कृतिलाई विर्सेर बाह्य मुलुकमा हुने कला सस्कृतिमा बढी रमाउँदै गएका छौँ । त्यस कारणले नयाँ पिडीलाई त हाम्रा कतिपय महत्वपूर्ण कला सस्कृति परम्पराको ’boutमा समेत थाहा नै छन् ।
नेपाल विभिन्न जातजाती भाषाभाषीका मानिसहरु बसोबास गर्ने देश भएकाले यहाँ महत्वपुर्ण कला संस्कृति र परम्पराहरु लुकेर सबेका छन् । पछिल्लो समय मान्छेहरु शहरीया जीवनमा रमाउन थालेपछि हाम्रो परम्परा र कला सस्कृतिहरु लोप हुँदै गएका छन् ।
गाउँघरमा मनाइने विभिन्न कला सस्कृति र परम्पराहरु मध्यको एउटा लुकेको पर्व हो अछामको पुस पन्ध्र । अछामी भाषामा पुस पन्ध्रमा मनाएर रोटी पर्वलाई ढुकढुक्या रोटी भन्छिन् । यो एउटा चामलको पिठोबाट बनाइएको परिकार हो । यो रोटी पनि दुई थरीको हुन्छ ।

एउटा चामल र मास मिसाएर तयार पारिन्छ भने एउटा चामलको पिठो र घिउमा मिसाएर तयार पारिन्छ । चामल र मास मिसाएर तयार गरेको पिठोको रोटीमा धनिया, जिरा, खुर्सनी, नुन,लुस, टिमुर, अदुवा लगायका मरमसला राखिन्छ भने एउटामा चामलको पिठोमा घिउ र चिनी मिसाएर तयार पारिन्छ । अछामी भाषामा मास र चामलको रोटीलाई मास चामल्या रोटी भनिन्छ भने घिउ र चिनी मिसाएको रोटीलाई निसास्या रोटी भनिन्छ । यो रोटी खाँदा एकदमै स्वादिष्ठ हुन्छ ।

रोटी भन्दा र सुन्दा जस्तो सहज लागे पनि बनाउन भने पक्कै छैन । यो रोटी बनाउन धेरै महेनत र समय पनि लाग्छ । सुरुमा चामलको पिठोमा घिउ र चिनी मिक्स गर्नुपर्छ । कतिपयले घिउको ठाउँमा दही पनि राख्ने गर्छन् । घिउ चिनीमा राम्रोसँग मोलेर पानीमा मुच्नुपर्छ । केही समय बेसरी मोल्ने पर्छ । रोटीलाई पकाउँदा सालको पात वा केराको पात भित्र बेरेर तलमाथिबाट खरानीले छोपिन्छ ।

करिब एक केजी जति खरानीले सालको पात वा केराको पातमा बेरेर रोटीलाई राम्रोसँग छोपिन्छ । त्यसपछि आगोको चुलोमा राखीन्छ । रोटीको माथि र तलबाट बिस्तारै आगो बालिन्छ ।

रिटो पाक्न करिब एक/आधा घण्टा लाग्छ । विस्तारै मलुव आगोमा पकाइन्छ । धेरैको मन लाग्न सक्छ । एक आधा घण्टा लामो समय लगाएर आगोमा पकाउने रोटी कस्तो होला ? यो रोटीको विशेषता नै यो यही हो । रोटी एउटा ठुलो भाडामा राखेर बनाएको हुन्छ । एक देखि पाँच केजी भन्दा ठुलो हुन्छ ।

विशेष गरेर यो रोटी राती बनाइन्छ । रोटी पाएपछि आगोको चुलो वरिपरी सबै जना एकै ठाउँमा बसेर खाइन्छ । बिहे गरेर पोइली घर गएकी दिदीबाहिनीहरु पनि पुस पन्ध्रमा ढुकढुक्या रोटी मनाएर खान माइती घर आउने गर्छिन् ।

गाउँमा सबै जना दाजुभाई दिदी बहिनी, साथीभाइहरु एक आपसमा मिलेर पनि रोटी बनाएर खाने चलन पनि छ । एउटाको घरमा जम्मा हुने र आप्mनो घरबाट रोटीलाई चाहिने आवश्यक सामग्री बोकेर ल्याएका हुन्छ । राती रोटी पकाउने खाने र आप्mनै भाषाका गित गाउँदै रमाउने गरिन्छ । पुसको पन्ध्रको रात नसुतेर बिताउने पनि गरिन्छ । तर, अहिले गाउँमा मान्छेको बसाइ पातलिदै गएपछि यो पर्व पनि लोप हुदै गएको छ । यो पर्व भने एक आपसमा आत्मियता बढाउने पर्व पनि हो ।

तपाइको प्रतिक्रिया
(Visited 1,174 times, 1 visits today)

epaper

ताजा समाचार

सम्भव छ, सय अर्ब डलरको अर्थतन्त्र ?