दुई दिनमा तीन जनाको मृत्यु

सांकेतिक तस्वीर


इटहरी । इटहरीमा दुर्घटनामा परेर दुई दिनमा तीन जनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार इटहरी २० तरहरास्थित पानीपियामा बसको ठक्करबाट बिहीबार राति मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भयो । दक्षिणबाट उतरतर्फ जादै गरेको को २७ प २१९ नं को मोटरसाइकललाई बिपरीत दिशाबाट आउदै गरेको प्र १–०–२–००१ ख ८१९६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा संखुवासभा खाँदबारी नगरपालिका ७ बस्ने २२ वर्षीय अबि राई र मोरङको सुन्दरहरैँचा ५ बस्ने २७ वर्षीय सन्तोष राई रहेका छन् । दुर्घटनामा दुवैजना गम्भीर घाइते भइ उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान पठाएकोमा दुवैको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अुनसार बसले पैदलयात्री जोगाउने क्रममा उक्त दुर्घटना भएको हो । प्रहरीले दुवै सवारी साधनसहित बस चालक इटहरी ४ बस्ने ४४ वर्षीय टीकाराम चौधरीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।

यस्तै, इटहरी ४ स्थित भित्री सडकखण्डमा शनिबार राति मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा झापा धुलाबारी घर भइ हाल इटहरी ६ बस्ने २२ वर्षीय रोशन बिश्वकर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ प ५५९० नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भइ दुर्घटना हुँदा चालक रहेका बिश्वकर्मा गम्भीर घाइते भएका थिए । उनको उपचारको लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएपनि चिकित्सकले मृत्यु भइसकेको घोषणा गरेका थिए । घटना’bout थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वासुदेव खतिवडाले अधिकांश दुर्घटना रातको समयमा हुने बताए । सडक बिग्रिएका कारण तथा तीव्र गतिका कारण धेरैजसो दुर्घटना हुने उनको भनाइ छ । अहिले निर्माणाधीन ६ लेन सडकका कारण पनि धेरैजसो ठाउँमा सडक बिग्रिएकाले दुर्घटनाको संख्या बढेको खतिवडाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

epaper

ताजा समाचार

सम्पत्ति छानबिन आयोगले सुरु गर्‍यो काम