तुलसीपुर । दाङमा विवाह मण्डपबाटै दुलाह र दुलहीका वुवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका– १३ सेवार निबासी दुलाह ३० बर्षका कृष्ण बहादुर केसी र घोराही उपमहानगरपालिका–१४ ढोरेनी निबासी ४६ बर्षका बसन्त भण्डारी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन् ।
ढोरेनीमा बाल विवाह भईरहेको छ भन्ने सूचनाको आधारमा गएको प्रहरी टोलीलले विवाह मण्डपबाट दुबैजनालाई पक्राउ गरेको हो । पक्राउ परेका दुलाह र दुलहीका वावु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १७३ लाई टेकेर बाल विवाह गर्न नहुने कसुरमा मुद्दा चलाएको प्रवक्ता खड्काले जानकारी दिए ।
दुलहीलाई भने आमाको जिम्मा लगाइएको छ । नेपालको संविधानमा २० बर्ष नपुगी विवाह गर्न नपाईने कानुनी व्यवस्था छ ।
तपाइको प्रतिक्रिया
(Visited 427 times, 1 visits today)






