गण्डकी प्रदेशमा सहासिक खेलकुद अगाडी बढ्दै, एक जिल्ला एक खेल सम्बन्धमा अध्ययन गरिने

पोखरा । गण्डकी प्रदेशमा सहशिक खेलकुद अगाडी बढाउने ’bout प्रदेश खेलकुद परिषदले तयारी थाल्ने भएको छ ।

परिषद द्वारा आइतबार आयोजित सरोकारवालाहरु संगको प्रारम्भिक छलफलमा प्रदेशमा सहाशिक खेलकुद संगै वाटर स्पोर्टसलाई अघि बढाउन तयारी थाल्ने भएको हो । प्रदेशका भौगोलिक तथा प्राकृतिक स्थानहरुको समुचित उपयोग गरी सहाशिक खेलकुदका गन्तव्यको पहिचान गर्ने संगै एक जिल्ला एक सहाशिक खेलकुदको गन्तव्यको रुपमा अघि बढाउन छलफलमा सहभागि वक्ताहरुले जोड दिएका छन् ।

सहाशिक खेलकुद मार्फत रोजगारीको अवसर संगै त्यसको अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गरी नेपाल आउने पर्यटकहरुको वसाई समेत लम्व्याउन सकिने विषयमा आफ्ना भनाई राख्दै सहभागिहरुले प्रदेशको विकास र समृद्धि आधारनै दिगो खेलकुद भएको बताउँदै दिगो खेलकुद मार्फतनै दिगो पर्यटनको परिकल्पना गर्न सकिने ’bout समेत उनहिरुले छलफलमा उठाएका थिए ।

सो अवसरमा आफ्ना भनाई राख्दै गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टले मुस्ताङमा हाई अल्टिच्यूड स्पोर्टस ट्रेनिङ सेन्टरको निर्माणका लागि कुराहरु अघि बढे पनि प्रक्रियागत रुपमा ढिलाई हुँदा काम अघि बढ्न नसकेको ’bout चिन्ता व्यक्त गरे । उनले भने–“हामी संग प्रकृतीले नै उपहारको रुपमा दिएका पूर्वाधारहरु छन् तर हामीले टुलु–टुलु हेरेर बस्ने बाहेक केही गर्न सकेनौ ।” उनले मुस्ताङको ४६४५ मिटरको उचाईमा गल्फ सेन्टरको निर्माणका लागि अध्ययन गरिने बताउँदै पोखरालाई केन्द्र विन्दु मान्दै ३ देखि १८ घन्टा सम्म प्रदेश भित्रका जिल्लाहरुमा सहाशिक खेलकुदका गन्तव्यहरुको अध्ययन, अनुसन्धान तथा पहिचान गरिनुपर्ने कुरामा जोड दिए । उनले मुस्ताङमा सहाशिक साइक्लिङ र र्याफटिङका लागि समेत आफूले पहल गरिरहेको बताए ।

कार्यक्रममा आफ्ना भनाई राख्दै प्रदेश खेलकुद परिषदका सदस्य सचिव तेज बहादुर गुरुङले ओलम्पिक खेल संग सम्वन्धित खेल ’bout धेरे चर्चा हुने गरे पनि प्रदेशको समृद्धीमा मुख्य भूमिका निर्वाह गर्ने सहाशिक खेलकुद ’bout ठोस रुपमा चर्चा नभएको बताउँदै परिषदले प्रदेशलाई सहाशिक खेलकुदको गन्तव्यको आधारशिला स्थापित गर्न छलफल शुरु गरिएको बताए । उनले प्रदेशको सहाशिक र वाटर स्पोर्टस ’bout अध्ययन अनुसन्धान गरी त्यसलाई मुर्तरुप दिन लागिएको उल्लेख गरे ।

कार्यक्रममा आफ्ना भनाई राख्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य गोविन्द प्रसाद भट्टराइले मुलुकको समृद्धिको प्रमुख आधार दिगो खेलकुद भए पनि राज्यले त्यस’bout निति निर्माणमा समेत चासो नदिएको बताउँदै त्यसमा भएको ठूलो जनशक्ती समेत खेर गइरहेको बताए । सहाशिक खेलकुदको छाता संस्था नेपाल माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष समेत रहेका उनले भने–“अवको विश्वको खेलकुद वाटर र अल्पाइन संग जेडिएको छ तर हामी संग भएका प्राकितक भूवनोटको समुचित उपयोग गर्न सकेका छैनौं भने भएको जनशक्ती समेत खेर गएको छ ।” फल्याट वाटर र ह्वाइट वाटर नेपालको सहाशिक खेलकुदका लागि गन्तव्यको हुने सक्ने तर्फ इङ्गित गर्दै परम्परागत खेल मार्फत समेत नेपालको दिगो विकासमा सहयोग पुग्ने उल्लेख गरे ।

पर्यटनविद समेत रहेका डा.रामजी शर्माले प्रदेशको सहाशिक खेलकुदलाई स्थापित गराउन विशेष गरी एयर, वाटर, सर्फेस र अल्पाइन स्पोर्टसमा ध्यान पुर्याउनु पर्ने बताए । खेलकुद आफैमा पर्यटन भए पनि सहाशिक खेलकुदले प्रदेशको पर्यटन संगै दिगो विकासमा सहयोग पुग्ने उनको भनाई थियो ।

यसै गरी कार्यक्रममा आफ्ना भनाई राख्दै श्रीकान्त खतिवडाले दिगो विकासका लागि भएका अध्ययनहरु समेत राज्यको दराज भित्र थन्किनु दुःख लाग्दो विषय रहेको उल्लेख गरे । उनले दिगो विकासका लागि १० वर्ष अघि नै हाई स्पोर्टस अल्टिच्यूड ’bout अध्ययन भएको बताउँदै बागलुङको ढोरपाटन प्रदेशको सहाशिक खेलकुदको मुख्य गन्तव्य बन्न सक्ने उल्लेख गर्दै भने–“प्रदेशको सहाशिक खेलकुदका गतिविधी संगै यसको ठोस अध्ययन अनुसन्धान गरी प्रचार प्रसारको खाँचो छ ।” उनले छुम्देमा बन्द अवस्थामा रहेको माउन्टेनियरिङ प्रशिक्षण केन्द्रलाई यथासिघ्र सञ्चालनमा ल्याउनुपर्नेतर्फ प्रदेश सरकारले ध्यानदिनुपर्ने बताए ।

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी वहादुर भट्टराईले प्रदेशलाई स्पोर्टस हवको नारामा मात्रै सिमित नराखी त्यसलाई सार्थक तुल्याउन पर्ने बताउँदै स्पोर्टस भिलेजको अवधारणामा अघि वढ्नुपर्ने बताए । पर्यटकहरुको वसाई लम्व्याउन समेत सहाशिक खेलकुदले महत्वपूर्ण भूमिका खेल्नेतर्फ इङ्गित गर्दै उनले यसका लागि सुमचित बजेटको व्यवस्थाका लागि प्रदेश सरकारले ध्यानदिनुपर्ने कुरा औंल्याए ।

यस्तै वाटर स्पोर्टसमा लामो समय काम गरेका नेपाल र्याफटिङ संघका निवर्तमान अध्यक्ष निम गुरुङले सहाशिक खेलकुदमा भएका गतिविधीहरुको संरक्षण हुन नसक्दा दुःख लागेको बताए । “नेपालमा २४ वर्ष अघि शुरु गरिएको अन्तर्राष्ट्रियस्तरको ह्वाइट वाटर स्पोर्टसको अहिले नामो निसान नै छैन” उनले भने–“विकासका नाममा नदीहरुमा बढ्दो विनासले हामीलाई चिन्तित बनाएको छ ।” उनले नेपालमा वाटर स्पोर्टसका लागि खेलाडी र प्रशिक्षकहरुको कमी नभए पनि खेल सामाग्री नहुँदा पछि परिएको जनाउँदै वाटर स्पोर्टस सम्भावना भएका नदीहरुमा प्रयाप्तमात्रामा पानीको वहाबलाई कायम गर्नेतर्फ ध्यानदिनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले प्रदेशका हरेक जिल्लामा कम्तिमा एक खेललाई सहाशिक खेलकुदको गन्तव्यको रुपमा अघि बढाउनुपर्ने बताउँदै त्यसको व्राण्डिङ गरिनुपर्ने कुरामा जोड दिए । उनले प्रदेशमा विद्यालयस्तर बाटै सहाशिक खेलकुद ’bout विद्यार्थी र अभिभावकलाई जानकारी गराउनु पर्ने बताए ।

सो अवसरमा प्रदेश खेलकुदका सदस्य एवम सहाशिक खेलकुद तथा वाटर स्पोर्टसका उपसमितीका संयोजक बसन्तराज दवाडीले परिषदले नितिगत रुपमा यसको अध्ययन अनुुन्धान तथा खोजीका लागि आफ्नो वार्षिक कार्यक्रममा अघि बढाएको बताउँदै प्रदेशको सहाशिक खेलकुदको विकासका लागि आगामी वर्षमा ठोस कार्यक्रम र योजनाका साथ अघि बढ्ने बताए । कार्यक्रममा परिषदका सदस्य गिरी प्रसाद गुरुङ, सदस्य योगेन्द्र शेरचन, सदस्य केशव पाठक लगायतको सहभागिता रहेको थियो र

तपाइको प्रतिक्रिया
(Visited 392 times, 1 visits today)

epaper

ताजा समाचार

विपद् व्यवस्थापनमा अत्यावश्यक मनोसामाजिक परामर्श