अवरुद्ध कर्णाली राजमार्ग ५ बजेसम्म खुल्ने

कालिकोट । शुभकालिका गाउँपालिका–१ स्थित गगने खोलामा लेदोसहितको पहिरो खस्दा कर्णाली राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ ।

सडक डिभिजन कार्यालय जुम्लाका अनुसार शनिबार साँझ करिब ६ः२० बजे सडक माथिबाट लेदोसहितको पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको हो । पहिरोका कारण उक्त सडकखण्डमा सवारीसाधन आवतजावत रोकिएको छ । यस्तै नजिकैको एसमोडमा पनी भर्खर पहिरो आएको पनी जनाइएको छ ।

पहिरो पन्छाउनको लागी स्काइभेटर पहिरो स्थलमा पुगिसकेको र पहिरो पन्छाउने कार्य भइरहेको सडक डिभिजन प्रमुख श्रवण महताराले जानकारी दिए । उनका अनुसार हिजो दुवैतर्फका सवारी साधन गनतव्यमा पुगिसकेकाले आज यात्रा सुरु गरेका दुवै तर्फका सवारी साधन पास हुने बताए । स्काइभेटर पहिरो स्थलमा पुगिसकेको छ । पहिरो पन्छाएर सवारी साधन संचालन हुने महताराले बताए ।

कर्णाली राजमार्ग तथा कर्णाली करिडोरका विभिन्न स्थानमा पहिरोको जोखिम उच्च रहेकाले सावधानी अपनाएर मात्र यात्रा गर्न जिल्ला प्रहरी कार्यालय कालिकोटले आग्रह गरेको छ ।

वर्षा भइरहेका बेला सडक माथिबाट पहिरो, ढुंगा तथा लेदो खस्ने सम्भावना रहेकाले जोखिमयुक्त स्थानमा विशेष सतर्कता अपनाउन तथा सडकको अवस्था बुझेर मात्र यात्रा सुरु गर्न प्रहरी प्रमुख हिमबहादुर खत्रीले अनुरोध गरेका छन् ।

रातिको समयमा यात्रा नगर्न समेत अनुरोध छ ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

epaper

ताजा समाचार

बाढीमा मधेश प्रदेशका अझै १७३ जना सम्पर्क बाहिर