वीरगन्ज । रसुवाको भोटेकोशी बाढीको ताण्डवपछि हराइरहेका मधेश प्रदेशको ८ जिल्लाका कुल २ सय ७ जनामध्ये अहिलेसम्म ३२ जना मात्र सम्पर्कमा आएका छन् । यो कुल हराएका मानिस मध्ये १५ दशमलब ४५ प्रतिशत मात्र हो ।
आठ जिल्लाका ३२ आए सम्पर्कमा
भोटेकोशी बाडीको विध्वंशपछि मधेश प्रदेशका मानिस सम्पर्कमा नआउनेको संख्या अझै १ सय ७३ रहेको मधेश प्रदेश प्रहरी कार्यालयका बरिष्ठ प्रहरी उपरीक्षक प्रभुराम ढकालले बताए । अझै सम्पर्क विहिन हुनेमा पर्साका ४२ जना, बारामा २३ जना, रौतहटका १२, सर्लाहीका २१, महोत्तरीका १०, धनुषाका ७, सिरहाका १० र सप्तरीका ४८ जना रहेको उनले पुष्टि गरे ।
आफन्त र सुरक्षाकर्मी कसैको पनि सम्पर्कमा आउनसँग मृत्यु हुनेको पनि संख्या आउन थालेको उनको भनाइ छ । सम्पर्क बिहिन भई मृत्यु हुने मध्ये सप्तरीका एक र बाराका १ गरी दुई जना रहेको पनि मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं बरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए ।
सम्पर्कमा आउने कुन जिल्लामा कति ?
अहिलेसम्म हराइरहेका मध्ये पर्साका ३, बाराका ३, रौतहटका ६ सर्लाहीका ३, महोत्तरीका ७, धनुषाका ७, सिरहाका २ र सप्तरीका २ गरी कुल ३३ जना रहेको स्थानीय प्रहरी कार्यालयले पुष्टि गरेका छन् । यो प्रदेशमा सबैभन्दा बढि पर्सा र सप्तरीबाट सो घटनामा मानिस हराइरहेको खुलेको छ । जसमा सप्तरीबाट मात्र ५१ जना र पर्साबाट ४५ जना कुल हराइरहेका भनी खोजीको निवेदन परेको थियो । अतः क्रमशः २ र ३ जना सम्पर्कमा आएको मधेश प्रहरी कार्यालयको तथ्याँकले पनि पुष्टि गरेको छ ।
पर्सामा को को आए सम्पर्कमा
पर्सा जिल्लाबाट रसुवाको भोटेकोशी ताण्डव प्रकरणमा हराइए कुल ४५ जना मध्ये पर्साको पोखरीया नगरपालिका–५, सतवरियाका ओजिर अन्सारी (सुरक्षाकर्मी), वीरगञ्ज महानगरपालिका बस्दै ना ६ ख ४००३ को सवारी चालक स्थायी ठेगाना सर्लाही लालबन्दीका ज्ञानबहादुर थिङ र अर्का ना ५ ख ९१४९ नम्बरको सवारी चालक श्यामलाल मोक्तान रहेको पर्साका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए ।
सम्पर्क बिहिन भएको भनी पर्सा प्रहरीमा खोजीको लागि परेका निवेदन अनुसार यो जिल्लाका मात्र सर्फराज मिया, साहबुदिन मन्सुरी, सर्ताज मिया, समीम मिया, राहुल मिया, उमेशप्रसाद, वीरकिशोर कुमार, रामकरण कुमार, विनयकुमार साह, संजय साह सोनार, सुरज माझी, सागर कर्ण अझै सम्पर्क बाहिर रहेको पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लले बताए । त्यसैगरी सुनिल मान डंगोल, रिजवान अंसारी, आरभ चौरसिया, आलोक चौरसिया, लक्की पटेल, आरवाज हवारी (स्थायी घर भारत) नरेश राय, नरेश राई, नग नारायण पटेल, सुबोध पटेल (स्थायी बारा), अरुण हजारा, श्यामबाबु ठाकुर, उकेश डंगोल (स्यायी हेटौडा), संजय तामाङ (स्थायी सिन्धुली), आकाश तामाङ (स्थायी मकवानपुर) कमरुल होदा अंसारी, सुभाष पटेल (स्थायी बारा), समिम देवान, अनुतम बहादुर श्रेष्ठ, अभिषेक बास्तोला (स्थायी हेटौडा), घनश्याम बास्तोला (स्थायी हेटौडा), दिनेश परियार (स्थायी बारा) पृथ्वी चौधरी, विकास कुमार वर्णवाल, सोनालाल पडित कुम्हार, शेष नसिम, बिशाल तिमिल्सिना, अबुसाद अंसारी, मुना अंसारी, निरज राम चमार, श्रीनिवास महतो धानुक (स्थायी बारा) लगायत ४२ जना अझै सम्पर्कमा नआएको उनको भनाइ छ ।
डिएनए संकलन पनि सुरु
सम्पर्क बिहीन भई अझै फेला नपरेका परिवारका सदस्यहरुबाट पर्सामा २० जनाको डिएनए पनि संकलन गरिसकिएको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भट्टराईले जानकारी दिए । पिवत्मा परेर सम्पर्क बिहीन भई जिवित हुने झिनो आशा रहेपछि सास या लासका लागि डिएनए पनि संकलन सुरु गरिएको पर्सा प्रहरीले जनाएको छ । अन्य जिल्लाहरुमा पनि आवश्यक गृहकार्य अगाडी बढाइरहेको मधेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
सम्बन्धित समाचार
ब्रहमकुमारीद्वारा रक्तदानको आयोजना
चोरीको मोटरसाइकल शाखा अधिकृतको घरबाट बरामद
जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको दुर्घटनामा मृत्यु
रसुवा बाढीः उदयपुरका २१ मध्ये ३ जना सम्पर्कमा
भोटेकोशी बाढीः सप्तरीका एकै परिवारका ३ दाजुभाइसहित ३५ जना सम्पर्कबिहिन
अशक्त र ज्येष्ठ नागरिकलाई घरैमा परिचयपत्र नविकरण
नुवाकोट पुगेर अग्रगामी युवा मोर्चाले बाढीपीडितलाई वितरण गर्यो राहत सामाग्री
मुस्लिम समुदायद्वारा जुमाका क्रममा रकम जुटाएरु बाढीपीडीतलाई सहयोग






