फागुपूर्णिमाबाट भारतमा हल खुल्ने आशा

मुम्बई । कोरोनाको महामारीसँगै भारतमा दुई साताअघिबाट धमाधम लकडाउन हुन थालेपछि अधिकांश राज्यका सिनेमा हल बन्द अवस्थामा छन् । जसका कारण यो जनवरी र फेब्रेुअरीमा रिलिज हुने भनिएका बलिउड फिल्मको रिलिज स्थगित गरिएको छ ।

आगामी मार्चको दोस्रो साता अर्थात् फागुपूर्णिमाबाट भारतमा कोरोना मत्थर हुने र हल खुल्ने विश्वास बलिउडकर्मीको छ । सोहीकारण त्यसअघि रिलिज हुने भनिएको दुई फिल्मको रिलिज फागुपूर्णिमासम्म सारिएको छ । बाँकी अरू फिल्मको रिलिज मिति पनि त्यसपछि नै तय गरिँदै छ ।

यसैक्रममा आगामी ४ मार्चमा रिलिज हुने भनिएको अक्षय कुमारको फिल्म बच्चन पान्डेको रिलिज अब आगामी फागुपूर्णिमालाई लक्षित गरेर १८ मार्चमा सारिएको छ । त्यतिबेलासम्म कोरोनाको महामारीमा कमी आउने विश्वासका साथ आफूहरूले प्रदर्शन मिति सारेको अभिनेता अक्षय कुमारले बताएका छन् ।

अब अक्षय कुमारको भिडन्त यो मितिमा अर्का अभिनेता रणवीर कपुर र सञ्जय दत्तसँग हुने भएको छ । यी दुई अभिनेताले अभिनय गरेको फिल्म ‘समसेसा’ पनि १८ मार्चमा रिलिज हुँदै छ । यो फिल्मको रिलिज मिति यसअघि नै १८ मार्च तोकिएकाले अहिलेसम्म त्यही मितिमा फिल्म ल्याउने तयारीमा निर्माताहरू रहेका छन् । सोही कारण आगामी फागुपूर्णिमामा दुई बलिउड फिल्म बच्चन पान्डे र शमशेरबीच प्रतिस्पर्धा हुने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)

epaper

ताजा समाचार

जापानमा साम्राज्ञी बन्ने बाटो अझै बन्द