पाकिस्तानमा लडाकू विमान दुर्घटना

इस्लामाबाद  ।  पाकिस्तानको हवाई फौज (पीएएफ) को लडाकू विमान एफ–१६ राजधानी इस्लामावादस्थित एउटा पार्क नजिकै दुर्घटनामा परेको छ । पीएएफले विज्ञप्ति जारी गर्दै सो विमानले आगामी २३ मार्चमा हुन लागेको राष्ट्रिय दिवसका लागि पूर्वाभ्यास गर्दै गर्दा दुर्घटनामा परेको जनाएको छ ।

संग्रहालय, गल्फ क्लब र रंगशालानजिकै रहेको शाकरपरियन क्षेत्रलाई प्रहरी र सुरक्षा फौजले लामबद्ध भएर घेरेका थिए । पीएएफले सो दुर्घटनामा विमान चालक विंग कमाण्डर नोमन अक्रमको मृत्यु भएको जनाएको छ ।
हवाई फौजले सो दुर्घटना के कारणले भएको थियो भन्ने जाँचबुझका लागि पनि निर्देशन दिइसकेको जनाएको छ ।

सामाजिक सञ्जालमा राखिएका भिडिओ सामग्रीहरूमा विमान तल झरेको र धुवाँको मुस्लो आकाशतिर गएको देखिन्छ । सो भिडियो घटनास्थलनजिकैको भवनबाट खिचिएको जस्तो देखिन्छ ।

हवाई फौजले विज्ञप्तिमा भनेको छ, ‘२३ मार्चको परेडका लागि पूर्वाभ्यास गर्ने क्रममा पाकिस्तान हवाई फौज शाकरपरियन नजिकै पीएएफ–१६ दुर्घटना भएको जानकारी दुःखका साथ गराउँछौं । दुर्घटना भएको क्षेत्रतर्फ उद्धार टोलीहरूलाई पठाइसकिएको छ ।’ उसले थप भनेको छ, ‘हवाई मुख्यालयले घटनाको कारण पत्ता लगाउन जाँचबुझ बोर्ड गठन गर्न पनि निर्देशन दिएको छ ।’ पीएएफका प्रवक्ताले क्षतिको आंकलन पनि गरिरहेको जनाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

epaper

ताजा समाचार

५ बैशाख २०८३