आज रातिदेखि निजी सवारीमा पनि जोर बिजोर हट्ने

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै काठमाडौं उपत्यकामा सवारी साधनमा लागू गरिएको जोर-बिजोर प्रणाली हटेको छ ।

आज बसेको काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले सवारी साधनमा लगाइएको जोर-बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । आज राति १२ बजेदेखि लागू हुने गरी जोर-बिजोर प्रणाली हटाइएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको हस्ताक्षरमा जारी गरिएको सूचनामा जनाइएको छ ।

कोरोना संक्रमितको संख्या बढ्दै गएपछि उपत्यकामा जोर बिजोर प्रणाली लागू गरिएको थियो । तर पछि सार्वजनिक सवारीमा जोर बिजोर हटाएर निजी सवारीमात्र कायम राखिएको थियो । आजदेखि त्यसलाई पनि हटाइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 347 times, 1 visits today)

epaper

ताजा समाचार

बबईमा पुल नहुँदा सर्वसाधारणलाई सास्ती