जुम्लामा हिमपातमा परि दुईकाे मृत्यु, गाग्राकाे ओढारमा फसेका ३६ जनालाई हेलिकप्टरबाट खाद्यान्न

जुम्ला । कर्णाली प्रदेश सरकारले जुम्लाको गाग्रा लेकका विभिन्न स्थानमा हिउँमा फसेकालाई नागरिकलाई हेलिकप्टर मार्फत खाद्यान्न काे बन्दाेबस्त गरेकाे छ।

ताताेपानि ८ काे गाग्रा लेकमा फसेका ३६ जनालाई खानेकुरा छाेडेर नेपाली सेनाको हेलिकोप्टर फर्किएको छ । सुर्खेतबाट पठाईएको नेपाली सेनाको हेलिकोप्टरले उनीहरु रहेका तीन स्थानमा खानेकुरा फालेर हेलिकोप्टर फर्किएको जुम्लाका प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाइले जानकारी दिएकी छन् । भोकबाट बचाउन तत्काल उनीहरुलाई खानेकुरा खसालेर हेलि फिर्ता भएको छ । उनका अनुसार तातोपानी ८ स्थित पाटनमा गाग्रा, ऐडि ओडार र खोटेसल्लामा खानेकुरा खसालेर हेलि फिर्ता भएको हो ।

तातोपानी गाउँपालिका ८ जुम्ला टोप्ला गाउँका स्थानीय सुरतबहादुर शाही सहित चिउरा, दालमोठ, चाउचाउ जस्ता खानेकुरा लिएर त्यस स्थानतिर गएर टोली कर्णालीको प्रदेश राजधानी सुर्खेतमा टोली फिर्ता भएको हाे ।

प्रजिअ प्रसाईंले तातोपानी गाउँपालिका र प्रदेश सरकारसँग समन्वय गरेर हिउँमा फसेका व्यक्तिहरुलाई खानेकुरा पठाईएको र फसेका व्यक्तिहरु सुरक्षित भएको जानकारी दिएकि छन् । ओढार बाहिर आएर फसेका मानिसहरुले खानेकुरा प्राप्त गरेकाे तर हेलिकाेप्टर भारी हिमपातले बस्न नसकेको कारण रित्तै फर्किएको छ ।

सो क्षेत्रमा खाने कुरा लिएर साथमा गएका स्थानीय सुरतबहादुर शाहीका अनुसार तातोपानी गाउँपालिका ८ जुम्लाको टोप्ला गाउँबाट एक दिनको दूरीमा रहेको गाग्रा पाटनको गाग्रा, एडिओडार, खोटीसल्लामा ध्वनि ठाउँमा मानिसहरु हिउँमा फसेका छन् । सेतक चिनी (खिरौंला) कोर्न पाटन गएका थिए । यस्तै जुम्लामा हिमपातका कारण दुइजनाकाे मृत्यु भएकाे छ। ताताेपानी ७ वारा गाउँका ४२ बर्ष मुन रावत र तातोपानी ८ निवासी ३७ बर्षकी देवी शाहीको चिसोले कठाङ्ग्रीएर मृत्यू भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार वडा नम्बर ७ का पुरुष मुन रावत गोठालो गएको समयमा फर्किने क्रममा हिउँमा परेर मृत्यू भएको र ताम्ति ७ कि महिलाको सेतो चिनी कोर्न जादा फर्किने क्रममा वडानम्बर ८ ईमिल्चामा मृत्यू भएको जानकारी दिएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 717 times, 1 visits today)

epaper

ताजा समाचार

१९ बैशाख २०८३