५० हजार धरौटीमा -यापर गायक लाउरे रिहा

पोखरा । नेपाली -यापर गायक आशिष राना ‘लाउरे’ पक्राउ परेको ५६ दिन पछि रिहा भएका छन् । उनी कास्की प्रहरीको हिरासतमा रहेका थिए । उनी लागू औषध खैरो हेरोइनसम्बन्धि मुद्दामा पक्राउ परेका थिए ।

लागूऔषधको प्रयोग तथा कारोबार गरेको अभियोगमा गायक लाउरे गत १४ पुषमा पक्राउ परेका थिए । सो प्रकरणमा उनी सहित अरु जनालाई पोखराको पृथ्वीचोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अनुसन्धानको क्रममा लाउरेको गोजीबाट लागू औषध भेटिएपछि प्रहरीले उनीहरुलाई अनुसन्धानका लागि म्याद थप गर्दै १४ पुषबाट नियमित रुपमा हिरासतमा राखेको थियो ।

यतीबेला उनलाई ५० हजार रुपैयाँ धरौटी लिएर जिल्ला अदालत कास्कीले मँगलबार छाड्ने आदेश जारी गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी रमेश थापाले बताएका छन् ।

लाउरेसँगै पक्राउ परेका ध्रुवबहादुर थापा, नबिन कुमार गुरुङ र सुस्मिता गुरुङलाई न्यायधीस बाबुराम सुवेदीको इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेको पनि एसपी थापाले बताएका छन् ।

हाल हिमालय रोडिजका निर्णायक रहेका गायक लाउरे ‘रअ बाज’ ¥-याप ब्याटलपछि चर्चामा आएका कलाकार हुन् । उनको ‘मेरो सोल्टा’, ‘हाउडे’, ‘केस नं ४२०’, ‘लाहुरे’, ‘पोखरा’लगायत थुप्रै चर्चित ¥याप गीहरु छन् ।

तपाइको प्रतिक्रिया
(Visited 458 times, 1 visits today)

epaper

ताजा समाचार

प्रधानमन्त्री प्रतिनिधिसभाको बैठकमा सहभागी