काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ प्रतिनिधिसभाको बैठकमा सहभागी भएका छन् । मंगलबारको प्रतिनिधिसभा बैठक चलिरहँदा प्रधानमन्त्री बालेन बैठक कक्षमा पुगेका हुन् । उनी रास्वपा सभापति रवि लामिछानेसँगै बैठककक्षमा प्रवेश गरेका छन् ।
विपक्षी दलहरूले गत १७ जेठमा प्रधानमन्त्री बालेनले दिएको नेपालले पनि भारतको भूमि मिचेको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने र प्रधानमन्त्रीले जवाफ दिनुपर्ने माग राख्दै विरोध गर्दै आएका छन् ।
पछिल्लो समय सांसदहरूले सरकारका गतिविधि’bout प्रश्न उठाइरहेका छन् । सुकुम्बासीलाई गरिएको व्यवस्थापनमा सरकारपक्षले गरेको हेलचेक्याइँको विषय पेचिलो बन्दै जाँदा संसदमा समेत उक्त विषयले प्राथमिकता पाएको देखिन्छ । सम्भवत प्रधानमन्त्री शाहले आज संसदमा उठेका प्रश्नको जवाफ दिनेछन् ।
यद्यपि, यस’bout कार्यसूचीमा उल्लेख छैन । प्रधानमन्त्रीले आकस्मिक रूपमा संसदमा बोल्न सक्छन् ।






