सुर्खेतमा आन्दोलनकारी र प्रहरीबीच झडप

सुर्खेत । कर्णाली प्रदेशकोको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप भएको छ । झडपमा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ ।

आन्दोलनकारीले गरेको ढुङ्गामुढाका कारण केही प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

विशेषगरी वीरेन्द्रनगरको मुख्य चोक मंगलगढी चोक, यरीचोकमा तनावग्रस्त बनेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए । ‘स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जन बढी अश्रुग्यास समेत हानेको छ,’ उनले भने, ‘तर विभिन्न गल्लीबाट आन्दोलनकारी निस्किएर प्रहरीमाथि ढुंगामुढा हानिरहेका छन् ।’

तपाइको प्रतिक्रिया
(Visited 429 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोशी बाढी : पर्यटन क्षेत्रमा ५२ अर्ब रुपैयाँभन्दा बढीको क्षति