दक्षिण भारतमा बजार खोज्दै कँगना रनौत

मुम्बई । भारतमा पछिल्लो समय दक्षिण भारतीय एक्सन फिल्मको दबदवा बढेको छ । दक्षिण भारतीय फिल्मले बलिउड फिल्मको बजारलाई समेत प्रभाव पार्न थालेपछि बलिउडका सिनेकर्मीहरु दक्षिण भारतमा समेत केन्द्रित हुन थालेका छन् ।

यस्तै क्रममा अभिनेत्री कंगना रनौतको ध्यान पनि अहिले दक्षिण भारततर्फ छ । अभिनेत्रीले आफ्नो आगामी फिल्म ‘धाकड’को रिलिज मिति घोषणासँगै आफ्नो फिल्मलाई दक्षिण भारतमा त्यहाँको स्थानीय भाषामै रिलिज गर्ने बताएकी छिन् । रजनीश घई निर्देशित मे २७ मा सिनेमाघरमा रिलिज हुँदैछ । यो अब भारतमा हिन्दी तथा दक्षिण भारतमा तमिल, तेलुगु र मलायालम भाषामा रिलिज हुने भएको छ ।

फिल्म पूर्ण एक्सन प्रधान भएकाले यही फिल्मबाट दक्षिण भारतीय बजारमा समेत प्रभाव जमाउन धाकडलाई तमिल, तेलुगु र मलायालममा पनि निर्माण गरेको अभिनेत्री कँगनाले बताईन् ।

यो फिल्मको ’boutमा अभिनेत्री कंगनाले भनिन्, ‘फिल्म एक निश्चित स्केलमा बनाउनुपथ्र्यो । भारतले यस स्केलको महिला एक्सन प्रधान मनोरन्जनपूण फिल्म यस अघि देखेको छैन ।’ एक शक्तिशाली कथामा निर्मित यो फिल्म धेरै दर्शकहरु सम्म पुग्नु पर्छ भनेर अन्य तीन भाषामा पनि निर्माण गरिएको उनले बताईन्,‘धाकड अरु धेरै भाषाहरूमा पनि रिलिज हुने कुरा भइरहेको छ । म दर्शकहरूलाई एजेन्ट अग्निसँग परिचय गराउन अब धेरै पर्खिन सक्दिन र २७ मे मा आउनेछु ।’

फिल्म धाकडमा कंगनासँगै अर्जुन रामपाल, शाश्वत चटर्जी र दिव्या दत्त लगायतका जस्ता कलाकारहरु देखिनेछन् । कंगना यो फिल्मलाई लिएर निकै उत्साहित छिन् । उनी यस फिल्ममा जबरदस्त एक्सन गर्ने देखिने छिन् र यो कुनै पनि बलिउड अभिनेत्रीको सबैभन्दा ब्यांग एक्शन फिल्म हुने उनको विश्वास छ । फिल्ममा कंगना ‘एजेन्ट अग्नि’को भूमिकामा देखिनेछिन् ।

तपाइको प्रतिक्रिया
(Visited 337 times, 1 visits today)

epaper

ताजा समाचार

कुलेखानी जलाशय भरिने क्रममा, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह