सोनाक्षीविरुद्ध पक्राउ पुर्जी

मुम्बई । ‘आर्थिक लेनदेनमा धोका दिएको’ भन्दै बलिउड अभिनेतृ सोनाक्षी सिन्हाविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

दिल्लीमा एक कार्यक्रमका लागि ३७ लाख लिएर पनि सहभागी नभएको आरोपमा आयोजकले उनीविरुद्ध प्रहरीमा ठगी उजुरी दिएको हो । यस’bout उनलाई प्रहरीले सोधपुछ गर्ने भएको छ । प्रहरी कार्यालयमा आउन सोमबार नै पत्र पठाइसकिएको छ ।

मुरादाबाद कटघर थाना क्षेत्रका प्रमोद शर्माले एक कार्यक्रममा उनलाई ‘प्रमुख अतिथि’का रूपमा सहभागी हुन ३७ लाख दिएको बताएका छन् । तर, उनी कार्यक्रममा सहभागी नभएको शर्माको दाबी छ ।

यस विषयमा सोनाक्षीले भने कुनै जवाफ दिएकी छैनन् । उनका म्यानेजरले समेत फोन उठाउन छाडेपछि पीडित पक्षले अदालतबाट सोनाक्षीविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गराएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 746 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती