चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिकामा शुक्रवार दुई जनाको र नौ लाख रूपैंया लुटिएको छ । गुल्मीको सत्यवर्ती गाउँपालिका –६ का ३१ वर्षीय नारायण घर्ती र ३० वर्षीय पदम घर्ती लुटिएका हुन् ।
उनलाइ लुटेराहरूले खैरहनी नगरपालिकामा जग्गा किन्ने भन्दै बाेलाएका थिए । अनिल राई नामकाे व्यक्तिले बाेलाएपछि नाै लाख बाेकेर गएकाे पदमकाे भनाइ छ ।
राईले जग्गा बैना गर्ने भन्दै पहिला मालपोत कार्यालय बोलाएको र पछि फेरि मगनी चोकबाट दुई सय मिटरभित्र बोलाएका थिए । जब पद पैसा बाेकेर मगनी चाेेक पुगे राई पैसा भएको झोला लिएर मोटरसाइकलमा भागे । प्रहरीले दिएकाे जानकारी अनुसार उनको खोजीकार्य जारी छ । रासस
तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)






