सुरक्षा र आकाशले ल्याए ‘निशब्द’

काठमाडौं । नायक आकाश श्रेष्ठ र गायिका सुरक्षा सेन्चुरी एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्। गायिका सेन्चुरीकै स्वरमा समावेश ‘निशब्द’ बोलको म्युजिक भिडियोमा उनीहरु देखिएका हुन्।

युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतलाई चर्चित गीतकार रमेश दाहालले लेखेका हुन् भने अस्ट्रेलियामा रहेका अर्का चर्चित संगीतकार टिका दाहालले संगीतवद्द गरेका हुन् । राहुल प्रधानको गीतमा संगीत संयोजन रहेको छ।

बुद्ध थापाले छायाँकन गरेको भिडियोमा बिकाश धमलाको सम्पादन रहेको छ। निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका सेन्चुरीको युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 285 times, 1 visits today)

epaper

ताजा समाचार

मुख्यसचिवसहित सचिवहरूसँग प्रधानमन्त्रीले गरे आपतकालीन छलफल