मनाङलाई छैटौँपटक आहा रारा गोल्डकपको उपाधि

kf]v/f, ! r}t M g]kfn k'ln; Sna / dgfª d:ofªbL SnaaLr v]n k|lt:kwf{ kf]v/fdf zlgaf/ ePsf] cfxf /f/f uf]N8sk km'6an k|ltof]lutfsf] kmfOgn v]ndf g]kfn k'ln; Sna / dgfª d:ofªbL SnaaLr v]n k|lt:kwf{ x'Fb} . t:jL/M /flwsf sF8]n÷/f;;

कास्की । ‘टाइब्रेकर’मा नेपाल पुलिस क्लबलाई पराजित गर्दै मनाङ मस्र्याङदी क्लबले पोखरामा सञ्चालन भएको १८औँ संस्करणको आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सहारा क्लब पोखराको आयोजनामा फागुन २२ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको आज पोखरा रङ्गशालामा सम्पन्न फाइनल खेलमा विभागीय पुलिस क्लबमाथि टाइब्रेकरमा ४–३ को जीत निकाल्दै मनाङ उपाधि चुम्न सफल भएको हो ।

यससँगै मनाङले छपटक आहा राराको उपाधि उचाल्यो । निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटको अतिरिक्त समयको खेलमा समेत दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ‘पेनाल्टी सुटआउट’बाट गरिएको थियो । टाइब्रेकरमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गर्नुभएकामा निशान लिम्बूको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोक्न सफल हुनुभएको थियो । पुलिस क्लबका तर्फबाट भोला सिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गर्दा अजित भण्डारी र तेज तामाङको प्रहार खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका गोलकिपर अशोक बरालले रोक्नुभएको थियो ।

उपाधि विजेता मनाङले ट्रफीसहित रु दश लाख एक हजार तथा उपविजेता पुलिसले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गरे । प्रतिस्पर्धात्मक खेलको नियमित तथा अतिरिक्त समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेका थिएनन् । मनाङका अन्जन विष्ट, विमल राना तथा पुलिसका भरत शाह, निरकुमार राईले प्राप्त अवसर खेल फालेका थिए । पुलिसले क्वार्टरफाइनलमा आयोजक सहारालाई टाइब्रेकरमा ४–२ तथा सेमिफाइनलमा थ्री स्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । मनाङले क्वार्टरफाइनलमा झापा माथि १–० तथा सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबमाथि ३–२ को जीत निकाल्दै फाइनल प्रवेश गरेको थियो ।

पुलिसका अजित भण्डारी प्रतियोगिताको ‘सर्वोत्कृष्ट खेलाडी’ घोषित हुँदै एक थान स्कुटर पुरस्कार प्राप्त गर्नुभयो । त्यसैगरी मनाङका अशोक बराल उत्कृष्ट गोलकिपर, सुरज विक डिफेन्डर, नितिन थापा मिडफिल्डर, अञ्जन विष्ट उत्कृष्ट फरवार्ड तथा फुजा टोपे उत्कृष्ट प्रशिक्षक घोषित हुँदै जनही रु १५ हजार तथा ट्रफी पुरस्कार प्राप्त गर्नुभयो । पुलिसका भरत शाह तथा निरकुमार राई, मनाङका अञ्जन विष्ट, थ्री स्टारका सुशन श्रेष्ठ र सहाराका त्रिदेव गुरुङले समान दुई गोल गर्नुभएकाले सर्वाधिक गोलकर्ताको रु २५ हजार पुरस्कार पाँचैजनाले दामासाहीले प्राप्त गर्नुभयो । विजेता क्लब तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकूद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवाल, अखिल नेपाल फुटबल सङ्घ (एन्फा) केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पा लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

सदस्यसचिव सिलवालले १८ वर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गरेर सहाराले देशका लागि आवश्यक सक्षम खेलाडी उत्पादन गरेको बताउँदै आगामी दिनमा खेलको स्तरोन्नति गरेर विदेशका स्तरीय टोलीलाई सहभागी गराउँदै पोखरालाई खेलकूदको अन्तरराष्ट्रिय केन्द्र बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद एवं प्रतियोगिताका मुख्य प्रायोजक हिमश्री फुड्सका कार्यकारी अध्यक्ष सूर्यबहादुर केसीले सहाराले खेलका माध्यमबाट पोखरालाई चिनाउन सफल भएको बताउनुभयो ।

अखिल नेपाल फुटबल सङ्घका केन्द्रीय अध्यक्ष कर्माछिरिङ शेर्पाले मोसफलका प्रतियोगितालाई व्यवस्थित गर्न एन्फाले प्रतियोगिता नियमावली जारी गरेको र आगामी दिनमा सहाराले क्षमतावान् खेलाडी उत्पादनमा केन्द्रित गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

तपाइको प्रतिक्रिया
(Visited 191 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३