सलमानको ‘दबङ रिलोडेड टुर’ १४ जेठमा

काठमाडौं । बलिउड अभिनेता सलमान खान आगामी १४ जेठमा नेपाल आउने भएका छन् । उनी ‘दबङ रिलोडेड टुर’अन्तर्गत आफ्नो प्रस्तुतिका लागि नेपाल आउने काठमाडौंमा बिहीबार आयोजित पत्रकार भेटघाटका क्रममा जानकारी गराइएको छ । सलमानका भाइ तथा बलिउड अभिनेता सोहेल खानले ‘दबङ रिलोडेड टुर’को बेला सलमान र आफूहरूले सगरमाथा हेरेर मात्र फर्कने बताएका छन् ।

सलमानको यो कन्सर्ट १४ जेठमा काठमाडौंको दशरथ रंगशालामा हुने भएको छ । ‘दबङ रिलोडेड टुर’मा सलमानसँगै कट्रिना कैफ, प्रभु देवा, सोनाक्षी सिन्हा, ज्याक्लिन फर्नान्डेजलगायतका बलिउड कलाकारको प्रस्तुति रहने अभिनेता सोहेलले सो पत्रकार भेटघाटमा बताएका छन् ।

आगामी १४ जेठ बिहान ११ बजेदेखि दशरथ रंगशालाको गेट खुला गरिने जनाइएको थियो । सुरुमा नेपाली कलाकारको प्रस्तुति राखिएको छ । आयोजकका अनुसार सलमानको कार्यक्रम बेलुकी साढे ७ बजेबाट सुरु हुनेछ । साढे तीन घण्टा बलिउड कलाकारको प्रस्तुति रहने जनाइएको छ ।

आफू स्कुले जीवनमा काठमाडौं आएको स्मरण गर्दै नेपाल निकै मन परेको बताउँदै र यसपटक यो कन्सर्ट सफल पर्ने उनले जिकिर गरेका छन् । आफूले स्कुलको कोर्समा धेरैपटक पढेको सगरमाथा यसपटक हेरेर मात्र जाने पनि उनले पत्रकार भेटघाटका क्रममा बताए ।

पूर्ण मनोरञ्जन दिने ‘दबङ रिलोडेड टुर’ असाध्यै राम्रो हुने सोहेलले जिकिर गरे । यो कन्सर्ट हेर्नका लागि उनले सबैलाई आफू र सलमान खानका तर्फबाट निम्ता गरेका छन् । यसपटक ‘दबङ रिलोडेड टुर’को टिकटको मुल्य ५ देखि २५ हजार रुपैयाँसम्म रहने पनि उनले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 303 times, 1 visits today)

epaper

ताजा समाचार

पत्रकार धरपकडको छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको सरकारलाई निर्देशन