मनाङको नेस्याङ गाउँपालिकामा माओवादीबाट वडा अध्यक्ष निर्विरोध निर्वाचित

लमजुङ । हिमाल पारीको जिल्ला मनाङको एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेद्धार वडाध्यक्ष सहित सबै सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।

नेस्याङ गाउँपालिका– ९ का वडा उक्त नतिजा आएको हो । नेस्याङ गाउँपालिका– ९ को वडाध्यक्षमा चोल्पा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । सोमबार मनोनयन दर्ता गर्नेक्रममा गुरुङको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् । त्यसको औपचारिक घोषणा हुन भने बाँकी छ ।

गाउँपालिकाका तीन जना एमाले, काँग्रेस समर्थित समेत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्रका नेता देव गुरुङले बताए । उनका अनुसार वडामा सबै पार्टीका नेताहरूले सल्लाह गरेर वडा अध्यक्ष माओवादीलाई दिएका हुन् । उनले भने, ‘अन्य वडा सदस्य एमालेले काँग्रेसलाई दिएको थियो, बेलुका ५ बजेसम्म कसैको उम्मेदवारी नपरेपछि वडाको सबै सिटमा निर्विरोध निर्वाचित भएको हो ।’

नेस्याङका गुरुङ सबैभन्दा पहिलो निर्विरोध निर्वाचित हुने वडा अध्यक्ष भएका छन् । उक्त वडामा दलहरू तथा प्रत्यासीहरूका बीचमा सल्लाह गरेर उम्मेदवारी दर्ता गर्न गएकाहरू अन्य कसैको उम्मेदवारी नपरेको गुरुङको भनाई छ ।

तपाइको प्रतिक्रिया
(Visited 545 times, 1 visits today)

epaper

ताजा समाचार

बागमती प्रदेशमा नयाँ सरकार गठन गर्न छलफल तीव्र पार्दै दलहरु