मैले कहिल्यै संगत नगरेको महिलासंग मेरो नाम जोडियो : केशब स्थापित

काठमाडौं । नेकपा (एमाले)का काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार केशव स्थापितले आफूले कहिल्यै संगत नै नगरेको महिलासँग आफूलाई आरोपित गरेको गुनासो गरेका छन् ।

आफू मेयर हुँदा सम्पदा विभागमा काम गर्न आएकी ती महिलासँग आफूले कहिल्यै संगत नगरेको स्थापितले दावी गरे । मंगलबार काठमाडौं महानगरपालिका वडा नम्बर १० मा आयोजित चुनावी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले आफू महिलामैंत्री भएकाले उनीहरुसँग आफ्नो धेरै फोटोहरु हुन सक्ने तर्क गरे । तर, महिलाहरुमाथि आफूले कुनै पनि अनुचित सम्बन्ध नराखेको उनको भनाई थियो ।

मेयरका उम्मेदवार स्थापितले आफू विगतमा मेयर हुँदा महानगरपालिकामा महिलालाई समेटेर खेलकुदको छुट्टै विभाग बनाउने प्रयास गरेको उनको भनाई थियो । आफू मेयर हुँदा पुरुष कर्मचारीहरुले रेष्टुरेन्टमा भेटेर लेनदेनको आधारमा काम गरेको आफूले पाएपनि महिला कर्मचारीहरुले त्यसो नगरेकाले उनीहरुमाथि आफूले सधैं सम्मान गर्ने गरेको उनले पटकपटक दोहो-याए ।

स्थापितले आफूले महिलाहरुको सधैं सम्मान गर्ने तर त्यसैलाई लिएर आरोपित भईरहन जरुरी नभएको दोहो-याए । स्थापितले भने ‘मैले दिने त फल हो नि । मैले गाली त दिन्न । म हिंसाको विरोधी । महिलाहरुको सम्मान गर्ने, महिलाहरुलाई आदर गर्ने र महिलाहरुसँग काम गर्दा मलाई सहज हुन्छ भन्छु । यो मेरो निजी प्राक्टिकल अनुभव हो ।’ उनले भने ।

स्थापितले आफू महिला हिंसा विरोधी भएकाले उनीहरुमाथि आरोप लगाउँदा पनि आफूले गालीमा जवाफ दिन नचाहेको बताए । उनले आफूले जनतालाई फल दिनुपर्ने भएकाले कसैलाई पनि गाली दिन नमिल्ने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 457 times, 1 visits today)

epaper

ताजा समाचार

मोबाइलमा फोटो, शवगृहमा पर्खाइ !