काठमाडौं । गृह मन्त्रालयले २६ जना प्रमुख जिल्ला अधिकारी तथा सहसचिवको सरुवा गरेको छ । आइतबार सार्वजनिक गरिएको मन्त्रीस्तरीय निर्णयअनुसार धनुषा, मकवानपुर, कास्की, बारा, पाँचथर र अछामका प्रमुख जिल्ला अधिकारीको सरुवा भएको छ ।
धनुषाका सिडिओ प्रदिपराज कडेँल कारागार व्यवस्थापन विभाग कालिकास्थानका महानिर्देशक रूपमा सरूवा भएका छन । यस्तै मकवानपुरका सिडिओ नारायणप्रसाद भट्टको गृहमन्त्रालयमा सहसचिवका रूपमा सरूवा भएको छ । गृह मन्त्रालयमा सहसचिव रहेका दिपकराज नेपाल मकवानपुरको सिडिऔमा सरुवा भएका छन ।
मन्त्रालयमा कार्यरत सहसचिव हिरालाल रेग्मी र हरिप्रसाद रेग्मी राष्ट्रिय विपद जोखिमन्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण सिंहदरबारमा सरूवा भएका छन ।
यसैगरी कास्कीको प्रमुख जिल्ला अधिकारीमा ज्ञानप्रसाद ढकाललाई पठाइएको छ भने कास्कीमा सिडिओ रहेका रमेशकुमार केसी अध्यागमन विभागको महानिर्देशकमा सरुवा भएका छन । यस्तै धनुषाको सीडीओमा कोशहरि निरौलालाई सरुवा गरिएको छ । धनकुटा, सिन्धुली र उदयपुरका पनि सिडिओको सरुवा भएको छ ।






