बुटवलमा ओलीले भने, १० वटा स्याल एकातिर एउटा शेर अर्कोतिर छ

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २१ औं शताब्दीको जनता कसैको डर धम्कीबाट नतर्सिने बताएका छन् । बुटवलमा आईतवार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउन बताए ।

जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई आग्रह गर्दै भयरहित वातावरणमा निर्वाचन गर्नुपर्नेमा निर्वाचन आयोगले के हरेर बसेको छ भन्दै ओलीले प्रश्न गरे । सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको दाबी छ । पाँचदलीय गठबन्धन छ भन्ने कुराको जनताले मतलबै नराखेको उनले बताए । एमाले युवादेखि वृद्धसम्म र किसानदेखि मजदुरसम्मको हित चिताउने पार्टी भएकाले कुनै अलमलमा नपरी एमालेलाई मतदान गर्न उनले आग्रह गरे । उनले भने — देशभरका स्थानीय तहमा एमालेको विजय मात्र नभई दिग्विजय निश्चित छ, अहिले १० वटा स्याल एकातिर र एउटा शेर अर्कोतिर भएको अवस्था छ, एउटै शेरले १० वटा स्यालको सिकार गर्नेमा निश्चित छ ।

सत्ता गठबन्धने शनिबार गरेकै स्थानमा आयोजना गरिएको चुनावी सभामा ओली झण्डै ३ घण्टा ठिलो कार्यक्रममा आईपुगेका थिए । सभामा ओलीले सम्बोधन गरेर हिडेपछि एमाले उपाध्यक्ष विष्णु पौडेलले सम्बोधन गर्ने वेला कार्यकर्ता हिडेका थिए । यस अघि एमाले नेता घनश्याम भुषाल लगायतले पनि वोलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 363 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम