पोखरा । पोखराको मेयरमा कांग्रेसका बागी उम्मेदवार बिमलबहादुर कार्कीले उम्मेदवारी फिर्ता लिंदै धनराज आचार्यलाई सघाएका छन् ।
सोमबार विज्ञप्तिमार्पmत् आफ्नो उम्मेदवारी फिर्तासँगै उनले गठबन्धनबाट मेयर पदमा उठेका आचार्य र नेपाली काँग्रेसकी उम्मेदवार कोपिला रानाभाटलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
उनले पार्टीले उम्मेदवारी फिर्ता गरेको निर्देशन मान्दै आफ्नो उम्मेदवारी निस्क्रिय भएको बताएका छन् । ‘साथीभाइको सल्लाह र अग्रज नेताहरुको आग्रहलाई मान्दै मैले नेपाली काँग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारलाई सघाउने निर्णय लिएको छु,’ विज्ञप्तिमा भनिएको छ, ‘मेरो उम्मेदवारी आजैदेखि निश्क्रिय भएको छ ।’
यसैबीच, काँग्रेस कास्कीले उनको घोषणाप्रति धन्यवाद ज्ञापन गरेको छ । कांग्रेसबाट बागी उम्मेदवारी दिएका २ जनाले यसअघि नै उम्मेदवारी फिर्ता लिएका थिए ।
तपाइको प्रतिक्रिया
(Visited 321 times, 1 visits today)






