भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमण निश्चित



बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) भैरहवा आएका छन् । साथै मोदीले प्रयोग गर्ने गाडी पनि भैरहवा ल्याइएको छ । बुधबार बिहान भारतीय वायुसेनाको विमान मार्फत् गौतमबुद्ध विमानस्थलमा सुरक्षाकर्मी र मोदीले प्रयोग गर्ने गाडी ल्याइएको हो ।

मोदीका सुरक्षाकर्मी भैरहवामा आईपुगे
गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलमा पहिलोपल्ट अन्तरािष्ट्रय विमान


मोदी आगामी जेठ २ गते बुद्धपूर्णिमाका दिन लुम्बिनी भ्रमणमा आउने तय भएको छ । मोदी लुम्बिनीमा आयोजना हुने २५६६ औं बुद्ध जयन्तीका अवसरमा आउन लागेका हुन् । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता श्यामकिशोर साहका अनुसार कुटनीतिक उडान गर्दै आएको भारतीय वायुसेनाको इलुसियन विमान आईसी–७६ ले सुरक्षाकर्मी र गाडी लिएर आएको हो । दिल्लीबाट आएको उक्त वायुसेनाको विमान बिहान सवा सवा १० बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । भ्रमणपूर्व सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी यहाँ आइपुगेका हुन । वायुसेनाको विमानले सुरक्षाकर्मी र गाडी यहाँ छाडेर आजै दिल्ली फिर्ता जाने विमानस्थलका प्रवक्ता साहले बताए । यसअघि मोदी लुम्बिनी आउने तय भएर पनि अन्तिममा कार्यक्रम स्थगित भएको थियो । यसपटक बुद्ध जयन्ती पारेर आउन लागेपछि स्थानीय हर्षित छन् । मोदीको स्वागतका लागि लुम्बिनी तयारी तीव्र पारिएको छ । मोदी आउने भएपछि अहिले लुम्बिनीमा चारवटा हेलिप्याड निर्माण भैइरहेका छन् ।

मोदी आउने जानकारीपछि स्वागतका लागि लुम्बिनी विकास कोषले आन्तरिक तयारी तीव्र पारेको छ । भ्रमणको तयारीका लागि लुम्बिनीमा आएका भारतका उच्च सुरक्षा अधिकारीहरुले विकास कोषसँग पटक–पटक छलफल गरिसकेका छन् । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले लुम्बिनी क्षेत्रको निगरानी बढाएका छन् ।

यो सँगै मुलुककै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपल्ट भारतीय वायुसेनाको विमान अवतरण समेत भएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा आगामी जेठ २ गते उद्घघाटन हुँदैछ । त्यस दिनदेखि यहाँबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडान समेत हुने छ । कुवेतको जजिरा एयरलाइन्सले यहाँबाट व्यवसायिक उडान गर्न अनुमति पाइसकेको छ । विमानस्थलका अनुसार जजिराले सोमबार, बुधबार र शुक्रबार उडान भर्ने छ ।

लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रको निर्माण सम्पन्न

महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा अन्तर्राष्ट्रिय ध्यान केन्द्रको निर्माण सम्पन्न भएको छ । ३८ हजार वर्गमिटरमा फैलिएको उक्त ध्यान केन्द्र सर्कुलर डोम सेट शैलीमा निर्माण भएको छ । ध्यान केन्द्रको बाहिरी परिसरमा गौतमबुद्धका मुर्तिहरुले सजाइएको छ भने मुल गेटको दुवैतर्फ पोखरी निर्माण गरिएको छ । पाँच हजार जना अट्ने ध्यान केन्द्रको चारैतिर सेन्सर ढोकाहरुको व्यवस्था, साउड प्रुफ, तापक्रम मेन्टिनेन्स, प्रयाप्त प्रकाशको व्यवस्था मिलाइएको छ । २५६६ औं बुद्धजयन्तिको अवसरमा उद्घाटन गरिने अन्तर्राष्ट्रिय बौद्ध ध्यान केन्द्रको निर्माण तथा रङरोधनको काम अन्तिम चरणमा पुगेको छ ।

पाँच हजार जना अट्ने ध्यान केन्द्रको उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने कार्यक्रम तय भएको छ । आगामी जेठ २ गते बुद्धजन्तिको अवसरमा ध्यान केन्द्रको उद्घाटनको लागि प्रधानमन्त्री शेरबहादुर देउवा, नागरिक पर्यटन, संस्कृति तथा उड्डयन मन्त्री प्रेमबहादुर आले, गृहमन्त्री बालकृष्ण खाड, भिक्षुभिक्षुणी, राज्यका उच्च पदस्थ व्यक्तित्वको उपस्थिति रहेने लुम्बिनी विकास कोषले जनाएको छ । लुम्बिनीमा २५६६ औं बुद्धजयन्तिको अवसर पारेर छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र तेस्रो मुलुकबाट भिक्षु भिक्षुणी आउने कार्यक्रम रहेको छ ।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले स्वदेश तथा विदेशका उच्च पदस्थ व्यक्तिहरु आउने कार्यक्रम रहेको बताए । जेठ २ गते बिहान ८ बजे प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे पश्चात उक्त ध्यान केन्द्रमा बुद्धजयन्ति तथा लुम्बिनी दिवस २०७९ मनाउने कार्यक्रम रहेको शाक्यले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 666 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम