भगवती लेमिनेट्स राजस्व छली प्रकरणः केन्द्रले तान्यो फाइल, अब केन्द्रले नै बयान लिने

काठमाडौं । राजस्व छली प्रकरणमा छानबिनमा रहेको भगवती लेमिनेट्स प्रालिका सञ्चालकमाथि अब राजस्व अनुसन्धान विभागले केन्द्रीयस्तरबाटै विस्तृत अनुसन्धान गर्ने भएको छ । हालसम्म राजस्व कार्यालय इटहरीले अनुसन्धान गर्दै आइरहेको लेमिनेट्सका सम्पूर्ण फाइल राजस्व अनुसन्धान विभागले काठमाडौंमा तानेको छ । राजस्व अनुसन्धान कार्यालय इटहरीको छानबिनमाथि व्यापक असन्तुष्टि र गुनासा आएपछि विभागले ती फाइल केन्द्रमै तानेको हो ।

भगवती लेमिनेट्स प्रालिका सञ्चालकले राजस्व कार्यालय इटहरीका अनुसन्धान अधिकृतलाई विभिन्न प्रभावमा पारेका भन्ने गुनासा विभागमा समेत आएको थियो । लेमिनेट्सका सञ्चालकले जिल्लास्तरमा विभिन्न शक्तिकेन्द्र प्रयोग गरी राजस्व कार्यालय इटहरीको अनुसन्धान प्रक्रियालाई नै कमजोर बनाउने प्रयास गर्दै आइरहेका थिए । त्यसैका कारण पनि विभागले सबै फाइल केन्द्रमा नै तानेर थप अनुसन्धान गर्ने तयारी गरेको विभाग स्रोतले जानकारी दिएको छ ।

यसअघि छानबिनकै क्रममा इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयका अनुसन्धान अधिकृतले भगवती लेमिनेट्स प्रालिका सात जना सञ्चालकको सबै बैंक खाता र बैंक स्टेटमेन्ट माग गरे पनि उनीहरूले दिन आलटाल गरेका थिए । इटहरी कार्यालयले पनि उनीहरूमाथि कडाइ गर्न र सबै सञ्चालकसँग बयान लिन सकेको थिएन ।

राजस्व अनुसन्धान विभागका एक अधिकारीले अब केन्द्रीयस्तरबाटै भगवती लेमिनेट्सले गरेको राजस्व छली’bout नयाँ किसिमले अनुसन्धान र छानबिन हुने बताए । विभागले भगवती लेमिनेट्सका सञ्चालक रजनीश कर्नानी, सन्तोष आचार्य, रतनलाल अग्रवाल, निर्मला कर्नानी, निर्मला सरिया, दीपेन्द्रकुमार अग्रवाल र रतनकुमार अग्रवाललगायतलाई एकपछि अर्को गर्दै बयानमा बोलाउने तयारी गरेको बताइएको छ ।

भगवती लेमिनेट्स प्रालिका सञ्चालकले अनुसन्धान प्रक्रियालाई चुनौती दिन थालेपछि राजस्व अनुसन्धान विभाग पनि गम्भीर बनेको हो । ‘अब कुनै पनि प्रकारको दबाब र भनसुनमा नपरी नयाँ किसिमले अनुुसन्धान र छानबिन थालिने छ,’ विभागका एक अनुसन्धान अधिकृतले राजधानीसँग भने ।

भगवती लेमिनेट्सका सञ्चालकले विभिन्न शक्तिकेन्द्रसँग आपूmहरूको सम्बन्ध रहेकाले जतिसुकै राजस्व छली गरे पनि आफूहरू उम्कन सक्ने बताउँदै आइरहेका छन् ।

भगवती लेमिनेट्सले एक वर्षको अवधिमा कच्चा बिलमार्फत करोडौंको कारोबार गरी ठूलो परिमाणमा राजस्व छली गरेको आधार भेटिएपछि झापास्थित केन्द्रीय कार्यालयमा छापा मारी फाइल नियन्त्रणमा लिएको थियो ।

लामो समयदेखि प्लाइउडको व्यापार गर्दै आएको र एकपछि अर्को गरी राजस्व छली गर्दै आएको भगवती लेमिनेट्स प्रालिले नक्कली बिल (कच्चा बिल)मार्फत करोडांैको कारोबार गरेको प्रमाण फेला परिसकेका छन् । सोही प्रमाणकै आधारमा राजस्व विभागले छानबिन गर्दै आएको छ ।

सो कम्पनीले सबैजसो कारोबार अन्डर इनभ्वाइसमा गर्ने गरेको छ । मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरबाट बच्न अन्डर इनभ्वाइसमार्फत कारोबार गर्ने गरिएको जनाइएको छ ।

भगवती लेमिनेट्सका कन्ट्री म्यानेजर विकास सिंहको नाममा करोडांैको चेक काट्ने गरेको प्रमाणसमेत फेला परेका छन् । सो लेमिनेट्सले राजस्व छल्ने उद्देश्यले कारोबार गरिएका डिलरलाई संस्थाको नाममा नभई कन्ट्री म्यानेजर सिंहको नाममा चेक काट्न लगाउने गरेको छ । भगवती लेमिनेट्सको ट्याक्स प्लानिङ नीतिअनुसार सिंहको व्यक्तिगत नाममा चेक काट्ने गरिएको हो । त्यसरी विभिन्न डिलरले भुक्तानीका क्रममा भगवती लेमिनेट्सका नाममा चेक नकाटी सिंहको नाममा काट्ने गरेका कैयौं चेकको विवरण नै सार्वजनिक भइसकेको छ

राजस्व छली गरेको पुष्टि भएमा पाँच वर्ष कैद र करोडौंको बिगो
राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण ऐन २०७६ अनुसार राजस्व चुहावटको कसुर गरेमा त्यस्ता व्यक्तिबाट बिगो असुल वा जफत गरी बिगोको शतप्रतिशत जरिमाना वा कसुरको मात्रा हेरी पाँच वर्षसम्म कैद सजाय गर्ने व्यवस्था गरिएको छ ।

सो ऐनअनुसार १ करोडसम्मको बिगोमा एक महिनादेखि ६ महिनासम्म कैद हुने व्यवस्था छ । यसैगरी १ करोडदेखि ५ करोड रुपैयाँसम्मको बिगोमा ६ महिनादेखि एक वर्षसम्म कैद हुने व्यवस्था छ । यस्तै, ५ करोड देखि १० करोडसम्मको बिगोमा एक वर्षदेखि तीन वर्षसम्म कैदको व्यवस्था गरिएको छ भने ऐनअनुसार १० करोडमाथि जतिसुकै बिगो भए पनि तीन वर्षदेखि पाँच वर्षसम्म कैद सजायको व्यवस्था हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

epaper

ताजा समाचार

केपिलासगढीमा प्रभाकारी बन्दै ‘बुहारी शिक्षा’ कार्यक्रम