साँफेबगरकाे बाब्लामा गठबन्धन र एमाले कार्यकर्ताबीच झडप, मतदान स्थगित

धनगढी । अछामको साँफेबगर नगपालिका-१३ बाब्लामा झडप पछि मतदान स्थगित भएको छ ।

मतदान जारी रहेकै बेला गठबन्धन पक्ष र एमाले कार्यकर्ताबीच झडप भएपछि अछामकाे बाब्लामा मतदान स्थगित भएको हाे ।

बाब्लामा नेकपा एमाले-माओवादी केन्द्र र कांग्रेस-नेकपा एकीकृत समाजवादी गठबन्धनबीच झडप भएको प्रहरीले जनाएको छ ।

प्रहरी सहायक निरीक्षक जनक शाहीले दुई गठबन्धनबीच झडप भएपछि मतदान स्थगित भएको बताए । झडपपछि मतदान अधिकृत र मतपेटिकाको सुरक्षाका लागि थप सुरक्षाकर्मी परिचालन गरिएको उनले बताए । झडपमा भएको क्षति’bout जानकारी प्राप्त भइनसकेको बताए । अहिले मतदान स्थललाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 534 times, 1 visits today)

epaper

ताजा समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन