जनकपुरमा अर्काको नाममा भोट खसाउने पक्राउ

जनकपुरधाम । अरुको नाममा मतदान गर्न खोजेको अभियोगमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलिया स्थित सडक डिभिजन कार्यालयभित्र रहेको ग्रामिण प्रशिक्षण केन्द्र मतदान स्थलबाट अरुको नाममा मतदान गर्न खोज्ने एक युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । वडासदस्य शिवोदेवी सदाका २० वर्षीय अमलेस सदालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । वडासदस्य सदा जसपाबाट निर्वाचित भएकी थिइन् ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 414 times, 1 visits today)

epaper

ताजा समाचार

संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै