कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित

दाेलखा । दोलखाको कालिञ्चोक गाउँपालिकामा पालिका अध्यक्ष र उपाध्यक्ष पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

कालिञ्चोक गाउँपालिकामा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुनप्रसाद शिवाकोटी अध्यक्ष र नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेका कुलबहादुर बुढाथोकी उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित अर्जुनप्रसाद शिवाकोटीले नेकपा एमालेका उम्मेदवार गणेश शिवाकोटीलाई पराजित गर्दै पालिका अध्यक्ष बनेका हुन् भने बुढाथोकी एमालेकी उम्मेदवार कविता थामीलाई पराजित गर्दै पालिका उपाध्यक्ष बनेका हुन् । यो सँगै दोलखामा दुई वटा पालिकामा गठबन्धनले अध्यक्ष र उपाध्यक्षमा जित हासिल गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 394 times, 1 visits today)

epaper

ताजा समाचार

गीत गाएकै भरमा प्रहरीको दमन सम्झेर भावुक भए कलाकार