कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख बजेट


टीकापुर(कैलाली) । संघीय सरकारले आर्थिक वर्ष २०७९/८० का लागि कैलालीका स्थानीय तहलाई छ अर्ब ५५ करोड ८३ लाख रुपैयाँ बजेट पठाएको छ ।

अन्तर सरकारी वित्तीय हस्तान्तरण, समानीकरण अनुदान, समपूरक र विशेष अनुदान शीर्षकमा संघीय सरकारले स्थानीय तहहरुलाई बजेट पठाएको हो ।

कैलालीमा रहेका १३ वटा पालिका मध्ये कैलालीमा सबैभन्दा बढी बजेट धनगढी उपमहानगरपालिकालाई प्राप्त गरेको छ । धनगढीले ९६ करोड ४८ लाख रुपैयाँ बजेट पाएको छ ।

यसैगरी, सरकारले कैलालीका नगरपालिकाहरुलाई तीन अर्ब ४३ करोड छ लाख रुपैयाँ पठाएको छ । जसमध्ये सबैभन्दा बढी लम्कीचुहा नगरपालिकाले ७३ करोड ५५ लाख रुपैयाँ बजेट पाएको छ ।

घोडाघोडी नगरपालिकाले ६६ करोड २१ लाख रुपैयाँ, गोदावरी नगरपालिकाले ६१ करोड ८९ लाख, टीकापुर नगरपालिकाले ५४ करोड ९९ लाख बजेट पाएका छन् । यस्तै गौरीगंगा नगरपालिकाले ४२ करोड ६६ लाखरुपैयाँ, भजनी नगरपालिकाले ४३ करोड ७६ लाख रुपैयाँ बजेट पाएका छन् ।

संघीय सरकारले कैलालीका गाउँपालिकाका लागि जम्मा दुई अर्ब १६ करोड २९ लाख रुपैयाँ बजेट पठाएको छ । गाउँपालिकामा सबैभन्दा बढी बजेट पाउने जानकारी गाउँपालिका रहेको छ ।

जानकी गाउँपालिकाले ४३ करोड १६ लाख रुपैयाँ, कैलारी गाउँपालिकाले ४१ करोड ७८ लाख, चुरे गाउँपालिकाले २१ करोड २७ लाख रुपैयाँ बजेट पाएका छन् ।

यस्तै जोशीपुर गाउँपालिकाले ३३ करोड ५३ लाख, बर्दगोरिया गाउँपालिकाले ३५ करोड १७ लाख र मोहन्याल गाउँपालिकाले ३१ करोड २८ लाख रुपैयाँ बजेट पाएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 272 times, 1 visits today)

epaper

ताजा समाचार

पश्चिमी न्यून चापीय रेखाको प्रभावः देशका विभिन्न भागमा वर्षा हुने