कानुनमन्त्री भन्छन्, मृत्युदण्डकाे व्यवस्था संविधान विपरीत हुन्छ गर्न सकिँदैन

फाइल तस्विर


काठमाडौं । ससदमा यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ पेस गरिएको छ ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द प्रसाद शर्मा कोइरालाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ पेस गरेका हुन् ।

साे विधेयक पेस गर्ने क्रममा मन्त्री शर्माले याैन हिंसाका पीडकलाई मृत्युदण्ड दिने व्यवस्थाकाे माग भए पनि याे संविधानविपरीत हुने भएकाले मृत्युदण्डकाे कानुन बनाउन नसकिने बताए ।

यसअघि शुक्रबार नै अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा विनियोजन विधेयक २०७९, राष्ट्र ऋण उठाउने विधेयक २०७९ ऋण तथा जमानत (पच्चीसौं संशोधन) विधेयक २०७९ पेस गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 281 times, 1 visits today)

epaper

ताजा समाचार

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा खत्री