काभेपलाञ्चोक । काभेपलाञ्चोक जिल्लाको पनौतीमा टिपरले ठक्कर दिएर मृत्यु भएको विषयलाई लिएर पनौती, बसपार्क क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा लिन ७ राउण्ड अश्रु ग्याँस हवाई फायर गरेको छ भने २ राउण्ड हवाई फायर गरेको छ । प्रहरीको हवाई फायर र स्थानीयहरुले प्रहार गरेको ढुंगाबाट प्रहरीका ३ जना घाईते भएका छन । केहि स्थानीयहरु पनि सामान्य घाईते भएका छन ।
स्थानीयहरुले दोषि चालकलाई कारवाहीको माग गर्दै नाराबाजी गरिरहेका छन । टिपरको ठक्करले आमा छोरी दुबैको ज्यान लिएको छ । बा.५.ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बनेपाका प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याईएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
आमाछोरीको मृत्यु भएपछि आक्रोशित स्थानीय र आफन्तले पनौतीमा प्रदर्शन गरेका हुन । पनौती क्षेत्रमा स्थानीयहरुले रातिको समयमा टिपर संचालनमा रोक लगाएका छन । टिपर चालक रोशी गाउँपालिका ६ का नवराज थापा र टिपर प्रहरी नियन्त्रणमा छ ।
तपाइको प्रतिक्रिया
(Visited 176 times, 1 visits today)






