बाँकेमा कारको ठक्करबाट युवतीको मृत्यु, कार चालक फरार


बाँके । बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरमा आज बिहान कारको ठक्करबाट एक जना युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ३० वर्षीया युवती रहेकी छिन् । गम्भिर घाइते भएकी युवतीको उपचारको क्रममा नेपालगंज स्थित भेरी अस्पतालमा मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

बा ४ च १९७५ नम्बरको कारले आज बिहान ५ बजे उनलाई पैदल हिडीरहेको बेलामा ठक्कर दिएको थियो । दुर्घटना लगत्तै फरार रहेका कार चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 375 times, 1 visits today)

epaper

ताजा समाचार

ग्यासको अभाव छैन, तर अनावश्यक भण्डारण नगर्नु : नेपाल आयल निगम