जिसस कैलालीमा सत्तारुढ गठबन्धनबाट काङ्ग्रेसका कलेल विजयी


धनगढी । जिल्ला समन्वय समिति कैलालीमा सत्ता गठबन्धन विजयी भएको छ । समितिको प्रमुखमा काङ्ग्रेसका पदमबहादुर कलेल विजयी भएका हुन् ।

उनले १३ मत पाउँदा नागरिक उन्मुक्तिका इन्द्र चौधरीले १२ मत पाए । उपप्रमुखमा माओवादीका खगराज भुसाल १३ मत पाएर विजयी भए । एमालेका राजेन्द्र खनालले १२ मत पाए । कैलालीमा सत्ता गठबन्धनअन्तर्गत काँग्रेस, माओवादी र एकीकृत समाजवादीले तालमेल गरेका थिए ।

गठबन्धनका उम्मेदवारलाई धनगढीका मेयर गोपाल हमालले पनि सहयोग गरेका थिए । यस्तै नागरिक उन्मुक्ति र एमालेबीच छुट्टै तालमेल भएको थियो ।

भ्रष्टाचार मुद्दाका कारण माओवादीबाट निर्वाचित मोहन्याल गाउँपानीका देवीदत्त उपाध्यायले भने मतदान गर्न पाएका थिएनन् ।

तपाइको प्रतिक्रिया
(Visited 345 times, 1 visits today)

epaper

ताजा समाचार

प्रतिनिधिसभा सदस्यको प्रश्नको जवाफ दिन सभामुख अर्यालले गरे प्रधानमन्त्री शाहलाई रुलिङ