संघर्षको कथा सुनाउँदा भावुक भइन् केकी

काठमाडौं । चलचित्र बृत्तमा आउन आफुले गरेका सँघर्षलाई सम्झेर अभिनेत्री अभिनेत्री केकी अधिकारी भावुव भएकी छिन् । केकीको भनाईमा उनले केही भिडियो तथा प्रोडक्टमा मोडलिङ गरेपछि बल्ल नायिका हुने अबसर पाएकी हुन् ।

उनको सपना बाल्यकालदेखि नै नायिका बन्नु थियो । बुबा बद्री अधिकारी नेपालमा सानो पर्दाका लोकप्रिय निर्देशक हुन् । बुबाले केही ठुला फिल्मको पनि निर्देशन गरेका छन् । तर उनले बुबाको फिल्म हैन, बाहिरी व्यानरको फिल्म ‘स्वर’बाट नायिकाको रुपमा डेब्यु गरिन् ।

अहिले आफ्नो प्रदर्शनीको तयारीमा रहेको चलचित्र ‘सिल्ली फो’ मा यस्तै सँघर्षको कथा रहेको यी अभिनेत्रीले बताएकी छिन् । ३१ असारबाट देशव्यापी प्रदर्शनीमा आउने यो चलचित्रको पत्रकार भेटघाट कार्यक्रममा एक समारोहबीच अभिनेत्री केकीले यस्तो भनाई राखेकी हुन्,‘मेरो घरमै फिल्मको माहौल भएर पनि मैले नायिका बन्नको लागि निकै सँघर्ष गर्नु प¥यो र बाहिरी व्यानरको फिल्मबाट मात्र म नायिका बन्न सफल भएँ ।’ उनले अगाडि थपिन्,‘बास्तवमा प्रतिभा भएर पनि चलचित्र उधोगमा नायिका बन्न कति सँघर्ष गर्नु पर्छ र नायिका बनिसकेपछि आफुलाई सफल तुल्याउन अझ कती मेहनत गर्नु पर्छ भन्ने कथा यो फिल्ममा रहेको छ ।’

केकीको भनाईमा यो फिल्मको केन्द्रिय पात्र नै उनी आफैं हुन् । हालै दाम्पत्य सम्बन्धमा बाँधिएकी अभिनेत्री केकीले चलचित्र अभिनयलाई निरन्तता दिने भएकी छिन् । यतीबेला नयाँ चलचित्र सिल्ली फोको प्रचारमा आफु व्यस्त रहेको उनले बताईन् । ३१ असारमा गतेबाट प्रदर्शनमा आउने तयारीमा छ,‘फिल्ममा मैले निर्वाह गरेको चरित्र संघर्ष गरिरहेको एक युवतीको हो । यो सँघर्ष फिल्मको नायिका बन्नेहरुको मात्र नभएर सबैको सँघर्षमा केन्द्रित छ ।’ आफ्नो सँघर्षको कथाले दर्शकलाई सँघर्ष गरेर अघि बढ्न हौसला दिने पनि उनको कथन छ ।

यो फिल्ममा उनलाई अभिनयमा अभिनेता धिरेन शाक्य, राजाराम पौडेल, रविन्द्र झालगायतको कलाकारहरुले साथ दिएका छन् । हास्य कार्यक्रम कमेडी च्याम्पियनसँग जोडिएकी केकीको भनाईमा चलचित्र सिल्ली फोमा उनी हास्य कलाकारको रुपमा समेत छन् ।

उनलाई पछिल्लो समय मन परेको जनरा हास्य विधामा अभिनय गर्न पाउँदा निकै रमाईलो लागेको पनि उनले जिकिर गरिन् ,‘मैले कमेडी जनरामा पहिलो पटक हात हालेको हुँ । यो फिल्मले मलाई कमेडी जनरामा स्थापित गर्नेछ भन्नेमा विश्वस्त छु । फिल्मले नेपाली समाजभित्रको वास्तविक कथा भन्छ ।’राजबहादुर सानेले निर्देशन गरेको यो चलचित्रले दर्शकलाई त्यत्तिकै मनोरञ्जन दिने पनि केकीको कथन छ ।

तपाइको प्रतिक्रिया
(Visited 324 times, 1 visits today)

epaper

ताजा समाचार

कलैया नगरप्रहरीको ज्यादती