चुरे मकवानपुर । सन्तानको खुसी नै आफ्नो खुसी भनेर उनीहरुलाई धेरै स्वतन्त्र दिंदा कुनै पनि समय नसोचेको घटना हुन सक्छ । यस्तै एउटा घटना जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले भेट्टाएको छ ।
मकवानपुर, बारा र गोर्खा जिल्लाका ११ जना युवाहरुलाई एकै दिन एकै स्थानबाट प्रहरीको नियन्त्रणमा लिएको छ । कारण अनलाइन गेम खेलेको आरोप । नेपालको कानुनले हार जित हुने गरी खेलिने कुनै पनि प्रकारको गेम अवैधानिक भनेको छ । कलेज पढ्ने उमेरका यि युवाहरु कोठामा बसेर गेम खेल्दा खेल्दै प्रहरीको खोरमा पुगेका छन् ।
प्रहरी पक्राउमा परेका ११ जना युवाहरु सबै २५ वर्षभन्दा कम उमेरका छन् । उनीहरु अधिकांश क्याम्पस तहमा आइ टी पढ्दै गरेका भन्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरुसँगै प्रहरीले ईलोक्ट्रोनिक्स सामान, नगद पनि पनि बरामद गरेको छ । प्रहरीले बिशेष सूचनाको आधारमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं ४ कमलडाँडा स्थित रुकमणी न्यौपानेको घरको तेस्रो र चौथो तल्ला भाडामा लिई संचालन गरेको सूर्यप्रसाद टेक्नोलोजि प्राईभेट लिमिटेडमा पैसाको हार जित हुने गरी अबैध रुपमा अनलाई गेम जुवा खेल्ने खेलाउने गरेको सुराकी पाएको थियो ।
सुराकीपछि स्थलगत छापा मार्दा प्रहरीले नगद १ लाख ४५ हजार ०७५ रुपियाँ सहति ११० थान मोवाइन समेत बरामद गरेको छ । साथै डेस्कटप कम्प्युटर ५ थान, ल्यापटप ३ थान, राउटर ४ थान, बरामद गरेको छ ।
खेलमा सहभागी मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नं ९ लामसुरे बस्ने २३ वर्षिय निशान आचार्य, हेटौंडा ४ कमलडाँडा बस्ने २४ वर्षिय राजिव गौतम, हेटौंडा ११ बस्ने २७ वर्षिय मधुकर बानियाँ, हैटौंडा १४ चुरीयामाई बस्ने २४ वर्षिय निमा थिङलाई पक्राउ गरेको छ ।
यसैगरी हेटौंडा १२ बस्ने २३ वर्षिय बिकास बल, मकवानपुर मनहरी गाउँपालिका वडा ४ मसिने बस्ने २० वर्षिय जोसिल खत्री, जिल्ला गोरखा पालुङटार नगरपालिका वडा ७ बस्ने २२ वर्षिय डुलास तामाङ, २० वर्षिय तिकमान तामाङ, २१ वर्षिय राजु तामाङ, पालुङ्टार नगरपालिका वडा ८ बस्ने २५ वर्षिय अमोश तामाङ, बारा जिल्ला निजगढ नगरपालिका वडा ४ बस्ने २० वर्षिय अर्पण खडकालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरुको साथबाट बरामद गरिएको सामान, घर तथा अन्य विवरण’bout अनुन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
उनीहरुलाई सार्बजनिक हित, स्वास्थ्य, सुरक्षा, सुबिधा र नैतिकता बिरुद्धका कसुर मुलुकी अपराध संहिता २०७४ बमोजिम सजाय हुने प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२५ को उपदफा १ अनुसारका यस्तो कसुर गर्नेलाई सोही दफाको ९क० बमोजिमको सजाय हुने प्रावधान छ ।
दफा १२५ अनुसार तीन महिनादेखि १ बर्षसम्म कैद वा तीसहजार रुपैयादेखि पचास हजार रुपैयासम्म जरिवाना लाग्ने छ । यस्तो कार्यमा दोस्रो पटकभन्दा बढी सहभागी भएमा त्यसपछिको कसुरमा पटकै पिच्छे थप तिन महिनासम्म कैद र दश हजार रुपैयासम्म जरिवाना लाग्ने कानुनी व्यवस्था छ ।






