मृतकका आफन्त र प्रशासनविच सहमती :  बेलुका ८ बजेदेखी कफ्र्यु हटाइयो

काभ्रेमा टिपर दुर्घटना :  अपडेट

काभ्रेपलाञ्चोक ।  मंगलबार विहान ९ बजेदेखि जिल्ला प्रशासन कार्यालय काभ्रेले पनौती बजारका केही क्षेत्रमा जारी गरेको अनिश्चितकालीन कफ्र्यू बेलुका ८ बजे सम्म जारी थियो । कफ्र्युपश्चात दिनभर पनौती बजार सुनसान रहेको थियो ।

जिल्ला प्रशासन कार्यालयमा मृतकका आफन्त र प्रशासनविच सहमती भएको छ । सहमति भएपनि मृतकका आफन्तले चालकलाई कानुन अनुसारको कडा कारवाहीको माग गरेका छन । प्रशासनले प्रतिवद्धता जनाएसँगै शव परिक्षण गरिएको छ । पीडितका श्रीमान मलेसियाबाट बुधबार ११ बजे नेपाल फर्किए लगत्तै शव बुझेर अन्त्येष्टी गरिने जाकारी प्राप्त भएको छ । पीडितका श्रीमान क्षिरिङ्ग भोलोनले मलेसियाबाट फोन गरी क्षतिपुर्ति नभई चालकलाई कडा कारवाही गर्न अनुरोध गरेको बताइएको छ । प्रशासनले पीडितका नाममा स्थानीयहरुले गरेको आन्दोलनले उग्र रुप लिए पछि लगाएको कफ्र्यु हटाउने विषयमा छलफल गरिरहेको जनाइएको छ ।

टिपरको ठक्करबाट आमा छोरी दुबैको ज्यान गए पछि पनौती नगरपालिकामा स्थानीय आन्दोलनमा उत्रिएका थिए । सोमबार राति भएको आन्दोलनमा आन्दोलनकारीहरुले लगातार ढुंगा, सिसीका बोतल प्रहार गरी घाईते बनाएपछि प्रतिरक्षाका लागि प्रहरीले अश्रुग्याँस र हवाईफायर गरेको थियो । उक्त घटनामा प्रहरी तर्फ ६ जना घाईते भए भने सर्वसाधारण तीन जना गम्भिर भए ।
गम्भिर मध्येका प्रहरी हवल्दार दिलिप बुढाथोकी पनि एक हुन । बुढाथोकीको शरिरमा लागेका २६ वटा टुक्रा सोमबार राति नै निकालिएको छ भने केहि अझै बाँकी छ । उनीसँगै शिर मेमोरियल अस्पतालमा १९ बर्षिय जिवराज तामाङ उपचारार्थ छन ।

घाईते मध्ये हर्कबहादुर तामाङ र चितवन घर भई पनौतीमा बस्दै आएका साजन चौधरीलाई थप उपचारका लागि शिक्षण अस्पताल पठाईएको छ । प्रहरीका सई विरेन्द्रप्रसाद शाह, हवल्दार मिनबहादुर थापा र जवान लालबहादुर थापा मगर उपचार पछि फर्केका छन । आन्दोलनकारीहरुले मध्यरातसम्म प्रर्दशन गरेका थिए । प्रशासनले स्थिती नियन्त्रण बाहिर जान थालेपछि मंगलबार विहान ९ बजे देखि अनिश्चितकालिन कफ्र्यु जारी गरेको थियो ।

बनेपाबाट पनौतीतर्फ जादै गरेको बा.५.ख ५४८० नम्बरको टिपरको ठक्करबाट खानीखोला १ निवासी २६ बर्षीय जुनिमाया गोले र उनकी ३ बर्षीया छोरी स्मारिका गोलेको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाको प्रमुख योगेन्द्र तिमल्सिनाले जानकारी दिए । छोरीलाई टिपरले ठक्कर दिए पछि बचाउने क्रममा आमालाई पनि ठक्कर दिएको प्रत्यक्षदर्शीले बताए । उपचारको लागि शिर मेमोरियल अस्पताल ल्याईएका उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर चालक रोशी गाउँपालिका ६ का नवराज थापा र टिपर प्रहरी नियन्त्रणमा छन । पीडितका आफन्त र प्रशासन बीच चालकलाई कानुन अनुसार कडा कारवाही गर्ने सहमति पश्चात शव बुझ्ने विषयमा छलफल भएको थियो ।

बेलुका ८ बजेदेखी कफ्र्यु हट्यो 

प्रहरी र स्थानीय बीचको झडपमा प्रहरी सहित केहि स्थानीय घाईते भए पछि प्रशासनले विहान ९ बजे देखि लगाएको कफ्र्यु बेलुक ८ बजे हटेको छ । बजारको स्थिती राम्रो भएपछी कफ्र्यु हटेको ईलाका प्रहरी कार्यलय बनेपाका प्रमुख योगेन्द्र तिमल्सिनाले जानकारी दिए । कफ्र्युका कारण पनौती क्षेत्र भित्रका सबै विद्यालयमा कक्षा ८ को नगर स्तरीय र अन्य केहि विद्यालयमा अन्य तहको परीक्षा समेत हुन सकेको थिएन ।

तपाइको प्रतिक्रिया
(Visited 189 times, 1 visits today)

epaper

ताजा समाचार

१३ असार २०८३