सलमान खानलाई बन्दुक राख्न अनुमति

मुम्बई । आफ्नो ज्यानको सुरक्षाका लागि हतियार राख्न लाइसेन्सको माग गरेका बलिउड अभिनेता सलमान खानलाई मुम्बई पुलिसले बन्दुक राख्न अनुमतिपत्र (लाइसेन्स) दिएको छ । खानले एक साताअघि बन्दुक राख्न लाइसेन्सको माग गर्दै मुम्बई प्रहरीसमक्ष निवेदन हालेका थिए ।

उनको निवेदनमाथि सुनुवाइ भएको छ । अभिनेता सलमानले आपूmलाई भूमिगत गिरोहले ज्यान मार्ने धम्की दिएको उल्लेख सो निवेदनमा गरेका थिए । सो गिरोहको प्रतिरोधका लागि बन्दुक राख्न अनुमतिपत्र पाऊँ भनेर माग गरेपछि आपूmहरूले अनुमतिपत्र दिएको मुम्बई प्रहरी अधिकारीले जनाएका छन् ।

उनलाई लरेन्स बिस्नोई र गोल्डी ब्रार गिरोहबाट ज्यान मार्ने धम्की आएको थियो । त्यसपछि दुई साता यताबाट प्रहरीले अभिनेता सलमान खानको सुरक्षा बढाउँदै आएको छ । सलमानले पनि आफ्नो निजी सुरक्षागार्ड बढाएका छन् । मुम्बई प्रहरीको एक टोलीले यस मुद्दाको सम्बन्धमा दिल्लीमा बिस्नोईलाई केरकार गरिसकेको छ ।

सलमानले हालै मुम्बई पुलिस आयुक्त विवेक फंसालकर र संयुक्त प्रहरी आयुक्त विश्वास नांगे पाटिलसँग भेटवार्ता गरेर सुरक्षाको माग गरेका हुन् । सलमान र उहाँका पिता सलिम खानलाई मार्ने धम्की दिने गुमनाम पत्र पाएपछि जुन महिनामा पहिलो सूचना रिपोर्ट (एफआईआर) दर्ता भएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 239 times, 1 visits today)

epaper

ताजा समाचार

भदौमा भित्रियो सवा २ खर्ब रेमिट्यान्स