संस्थापक अध्यक्षको पहिलो बार्षिक पून्य तिथिमा श्रद्धाञ्जली सभा

काठमाडाैं । राजधानी न्यूज पब्लिकेशनका संस्थापक अध्यक्ष महेन्द्र शेरचनको पहिलो वार्षिक पुन्य तिथिमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ । गत बर्षको भदौ २ गते कोभिड १९को संक्रमणका कारण उपचारका क्रममा महेन्द्र शेरचनको निधन भएको थियो । राजधानी दैनिकको कार्यालय सरस्वतीनगरमा भएको श्रद्धाञ्जली सभामा राजधानी दैनिकका पत्रकार तथा कर्मचारीहरुको उपस्थिती थियो ।

शेरचन संचार उद्यमी, संविधानसभा सदस्य समेत थिए । उनी विज्ञापन बोर्डका सदस्य समेत थिए । नेपाली छापा पत्रकारिताको विकास र विस्तारमा शेरचनले खेलेको भूमिका महत्वपूर्ण रहेको छ । नेपाली मिडिया संचालकहरुको छाता संगटन मिडिया सोसाइटीको अध्यक्ष तथा मिडिया अलाइन्सको उपाध्यक्ष जस्तो पदमा रहेर समेत जिम्मेवारी निर्वाह गर्दै मिडियो उद्योगमा स्वच्छ प्रतिस्पर्धा स्थापित गर्दै उद्योगको दिगोपनाका लागि कार्य गरेका थिए । शेरचन वैदेशिक रोजगार व्यवसायी संघका संस्थापक अध्यक्ष पनि थिए । शेरचनको नेतृत्वमा २०५८ साल जेट २२ गतेदेखि राजधानी दैनिक संचालनमा आएको हो । राजधानीको साप्ताहिक रुपमा कतार संस्करण समेत प्रकाशन हुन्थ्यो । जुन निकै लोकप्रिय थियो ।

स्वर्गिय महेन्द्र शेरचनप्रति श्रद्धाञ्जली अर्पण गर्दै राजधानी दैनिकका सम्पादक सागर पण्डितले महेन्द्र शेरचनको जीवनबाट निरन्तर धैयपूर्ण कर्ममा लागि रहन प्रेरणा दिएको बताए । उनले भने,‘उहाँको सरल र सालिन स्वभाव, कामप्रतिको सम्मान अनुशरण गर्न लायक छन् ।’ सम्पादक पण्डितले पत्रकारिताको क्षेत्रमा उनको योगदानलाई इतिहासले न्याय गर्ने बताए ।

राजधानीडेलीडटकमका सम्पाक धु्रव लम्सालले शेरचनले सम्पादीय स्वतन्त्रतामा कहिल्यै हस्तक्षेप नगरेको र पत्रकारितालाई स्वायक्त रुपमा निस्वार्थ भएर अगाडि बढाउनुपर्छ भन्ने मान्यता राखेको बताए । श्रद्धाञ्जली सभामा समाचार सम्पादक रामसुदन तिमल्सिनाले महेन्द्र शेरचनले शुरु गरेर युवा बनाएको राजधानी दैनिकलाई अब आजको युगको गतीमा संचालन गर्नका लागि नयाँ रणनीतिक योजना बनाई अगाडि बढ्नुपर्ने धारणा राखे । नेपाल पत्रकार महासंघ राजधानी प्रतिष्टान शाखाका अध्यक्ष ईश्वर विश्वकर्माले सबै मिलेर अगाडि बढ्ने वातावारण निर्माण गर्दै राजधानी दैनिकलाई दिगो बनाएर संस्थापक अध्यक्ष स्वर्गीय शेरचनको सपनालाई साकार पार्नुपर्ने बताए ।

श्रद्धाञ्जली सभामा प्रशासन प्रमुख देव श्रेष्ट, मार्केटिङ प्रमुख विनोश शर्मा, वितरण प्रमुख सन्तोष शर्मा, नेपाल पत्रकार महासंघ काटमाडौं शाखाका सचिव महेश गौतम, कानुन पत्रकार मञ्चका महासचिव निराजन पौडेल, नेपाल वातावरण पत्रकार समूहका कोषाध्यक्ष सविन शर्मालगायत पत्रकार तथा कर्मचारीले स्वर्गिय शेरचनको तस्विरमा माल्यापर्ण गरी श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 435 times, 1 visits today)

epaper

ताजा समाचार

परराष्ट्रमन्त्री खनाल शनिबार भारत भ्रमणमा जाँदै