बाग्लुङ । आफ्नै हत्या गरेको अभियोगमा ढोरपाटन नगरपालिका-७ गाल्डुङ बस्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
५० वर्षीया श्रीमती गौरा बिकलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ६२ वर्षीय देबिराम बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।
देबिरामले मादकपदार्थ सेवन गरी श्रीमतीलाई प्रहार गर्दा गौरीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले देबिरामलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 223 times, 1 visits today)






