शैक्षिक मेलामा नायिका उपासनाले परामर्श दिने

काठमाडाैं । लामो समयदेखी शिक्षा क्षेत्रमा आवद्ध ऐजुकेशन एण्ड माइग्रेसन कर्नरले बृहत शैक्षिक मेला २०२२ को आयोजना गर्ने भएको छ । मेला अगस्ट २९ तारेखका दिन सोमबार काठमाण्डौं पुतली सडक स्थिति शंकरदेव कलेजसंगै रहेको कर्नरको केन्द्रीय कार्यालयमा हुने जानकारी दिइएको छ । मेला बिहान १० बजेदेखी साँझ ५ बजेसम्म आयोजना हुने भएको छ -‘ हामीले यो मेलामा बिदेशमा गएर उच्चशिक्षा हांसिल गर्न चाहने बिध्यार्थीहरूको सहजता र जानकारीका लागि आयोजना गरेका हौं ।’ संस्थाका नितेश उप्रेतीले भने ।

मेलामा सहभागि हुन आएका विद्यार्थीले मेलाबाट अष्ट्रेलिया, क्यानडा , अमेरिका र बेलायतमा गएर बिभिन्न बिषयमा अध्ययन गर्नका लागि चाहिने  ज्ञान र जानकारी पाउने संस्थाका प्रमुख सुनिल उप्रेतीले बताए । मेलामा यस सस्थाकी ब्राण्ड ऐम्बेष्डर एव‌ नेपाली सिनेमाकी नायिका उपासना सिंह ठकुरीको पनि सहभागिता रहने छ ।

उपासनाले पनि मेलामा जमघट भएर शिक्षा र चलचित्र क्षेत्रको विषयमा बिद्यार्थीसंग भलाकुसारी गर्ने भएकी छन् । ‘आउनुस , मसंग भएको जानकारी म दिने छु । तपाईंहरूसंग भएको जानकारी तपाईहरू दिनुहोस । संगै भेटौ र भलाकुसारी गरौं ‘ ।  उपासनाले भनेकी छन ।

मेला आयोजना भएकै दिन उपस्थित भएर सहभागिता जनाउने विद्यार्थीलाइ सस्थाले आई एल एस र पिटीइ अध्यनका लागि पचास प्रतिशत छुट दिने निर्णय पनि गरेको छ । शैक्षिक मेलाका दिन बिभिन्न देशहरूमा रहेका कलेज तथा बिश्व बिध्यालयबाट बिधार्थीहरूले पाउने छात्रबृतिका विषयमा पनि सस्थाले परामर्श दिने भएको छ । मेलामा बिध्यार्थीहरूका लागि बिभिन्न आकर्षक उपहारको ब्यबस्था पनि गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 416 times, 1 visits today)

epaper

ताजा समाचार

जित्नैपर्ने दबाबमा चेकिया र दक्षिण अफ्रिका