दार्चुलामा डेंगुबाट ५ वर्षीया बालिकाको मृत्यु

दार्चुला । जिल्लामा डेंगुबाट ५ वर्षीय एक बालिकाको मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–४ हुनैनाथकी उषा धामीको मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक गुणराज ओझाले जानकारी दिए ।

बालिकालाई एक हप्ता पहिले एक्कासी ज्वरो आएको तथा भदौ २० गते जिल्ला अस्पताल दार्चुला लगेर चेकजाँच गर्दा डेंगु र स्क्रब टाइफसको संक्रमण देखापरेको उनले बताए ।

जिल्ला अस्पतालमा चेकजाँच गर्दा बालिकामा डेंगु र स्क्रब टाइफसको संक्रमण देखिना साथ अस्पताल भर्ना गरेर उपचार गर्ने सुझाव दिएको तथा आफन्तहरुले भर्ना गर्न नमानेको अस्पतालले जनाएको छ ।

आफन्तहरुले अन्य ठूलो अस्पताल लग्छौ भनेर बालिकालाई अस्पताल नलगि पुनः घरमै लगेको थियो । घरमा ज्वरोले झन च्याप्न थालेपछि शंकरपुर स्वास्थ्य चौकीमा भर्ना गरेर उपचार भइरहेको अवस्थामा आज विहान ५ बजेतिर उनको मृत्यु भएको हो ।

जिल्लामा हाल सम्म ३९ जनामा डेंगुको संक्रमण पुष्टि भएको जिल्ला अस्पतालले जनाएको छ । महाकाली नगरपालिकाका २७,मालिकार्जुन गाउँपालिकाका ३, अपिहिमाल गाउँपालिकाका २ जनामा डेंगुको संक्रमण देखिएको छ ।

यस्तै नौगाड गाउँपालिकाका २,दुहुँ गाउँपालिकाका ३ र व्याँस गाउँपालिकाका २ जनामा डेंगु रोगको संक्रमण देखिएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 340 times, 1 visits today)

epaper

ताजा समाचार

बाढी प्रभावित क्षेत्रमा सम्भावित संक्रामक रोग फैलिन नदिन विशेष निगरानी