केही समयअगाडि युरोपियन टाइम्स पत्रिकामा छापिएको थियो कि, विश्वको सबैभन्दा मूर्ख मतदाता नेपालमा छन्, जसले देशलाई लिलाम गर्ने भ्रष्ट एवं घुसपैठ गर्ने नेतालाई भोट दिन्छन् । युरोपियन टाइम्समा प्रकाशित उल्लेखित समाचारबाट थाहा हुन्छ कि, नेपालका नेताहरूको नैतिकता देशभित्र मात्र खस्केको छैन, विश्व समुदायमा पनि यिनीहरू भ्रष्ट, अनैतिक एवं असक्षम भएको कुरा चर्चा छ । नेतृत्वका ’boutमा नेपाली छापा, बहस, अन्तर्वि्रmया, छलफल, इलेक्ट्रोनिक्स मेडियाहरूले अहिलेको नेतृत्वको ’boutमा आलोचना गरिरहेका छन् । टिकाटिप्पणीहरू हुने गरेका छन् । यस्तो अवस्थामा यही आगामी मंसिर ४ गते आमनिर्वाचन हुँदै छ । यो निर्वाचनमा पनि यिनै भ्रष्ट नेताहरूलाई भोट दिएर देश बिगार्ने एवं भ्रष्टाचारको लाइसेन्स नवीकरण गरिदिने काम जनताले गर्नु हुँदैन । अब, यिनीहरूलाई किनारा लगाउने पालो जनताको हो । यसै गरून् ।
पछिल्लो राजनीतिक दलका व्रिmयाकलापहरूले गर्दा विशेषगरेर सहरी क्षेत्रमा पढेलेखेका, शिक्षितहरूमा राजनीतिप्रति अत्यन्त नकारात्मक मनोविज्ञानको विकास भइरहेको छ । यो मनोविज्ञान गाउँघरहरूमा पनि फैलिएको छ । नेपाली समाजको आलोचनात्मक चेतमा विकास भएको छ । तापनि, जब निर्वाचन आउँछ तब यिनै भ्रष्ट नेतालाई भोट पनि दिइरहेका छन् । त्यसैले, देश बर्बाद भइरहेको छ । बेथिति चुलिएका छन् । त्यसैले, कुन राजनीतिक दल र कस्ता नेतालाई नेतृत्वमा पठाउँदा देश विकास र विधिको शासन हुन सक्छ भन्ने कुराको छिनोफानो जनताले गर्न पर्ने बेला आएको छ ।
त्यसो त, २०७४ सालको निर्वाचनको नेपाली समाज र अहिलेको समाज राजनीतिक चेतनाको दृष्किोणबाट हेर्दा फरक छ । विगत ५ वर्षमा देशमा भएका घटना र परिघटनाले समाजलाई सचेत बनाएको हुनुपर्छ । नेतृत्वको कार्यशैलीले मतदाताहरूको मन कुँडिएको हुनुपर्छ । अरबौंका भ«ष्टाचारका प्रकरणहरू, आर्थिक अनियमितता, स्वार्थको राजनीतिक लडाइँ, नातावाद, कृपावाद, फरियावाद, बालुवाटार जग्गा प्रकरण, बुढीगण्डकी प्रकरण, मेलम्ची खानेपानी परियोजनाको भ्रष्टाचार, कर फेरबदल, महंगी, सरकारको कार्यशैली, प्रशासनतन्त्रको अवस्था, ठेकेदारहरूको कामकाज आदि इत्यादि विषयवस्तुले नेपालका राजनीतिक दलहरू र यिनका नेतृत्वकर्ताको योग्यता, क्षमता, दृष्टिकोण एवं आचरण प्रस्ट हुन्छ । यस सन्दर्भमा अझै पनि नेपाली जनताले यही नेतृत्वलाई भोट दिने हो भने यो देशलाई बर्बाद पार्ने भूमिकामा मतदाताहरू सामेल भएको ठहर्छ । यसो नगरून् ।
मत भन्नाले सोचविचार गरीकन प्रकट गरिएको विचार हो । नेपालको संविधानले १८ वर्ष पूरा भएका हरेक नागरिकलाई आपूmले चाहेको राजनीतिक दल वा व्यक्तिलाई निर्वाचनमा स्वतन्त्रपूर्वक मत दिन पाउने अधिकारलाई सुनिश्चित गरेको छ । तसर्थ, १८ वर्षभन्दा माथिका उमेर समूहका सम्पूर्ण नेपाली नागरिक मतदाता हुन् । १८ वर्षभन्दा माथिका अन्तिम उमेर समूहको हातमा नेपालको भाग्य र भविष्य बनाउने वा बिगार्ने ठूलो जिम्मेवारी आएको छ । विगत ३२ वर्षदेखि यो देशमा केही नेताहरूको हालिमुहाली छ । राजनीतिक दलहरूले जनतालाई अलमलाई रहे । यो वा त्यो गर्छ भन्ने नाममा मतदातालाई झुक्याइरहे । अब त मतदातालाई थाहा भयो कि, यिनीहरूबाट देश बन्दैन । विधिको शासन हुन सक्दैन । विदेशीले बिरालोले मुसो खेलाएजस्तै खेलाउन सक्ने यो लोभी, गैरजिम्मेवारी, लोकलाज पचेको नेतृत्वलाई नेटो कटाउने पालो जनताको होइन र ?
नेपालका नेताहरूको नैतिकता देशभित्र मात्र खस्केको छैन, विश्वसमुदायमा पनि यिनीहरू भ्रष्ट, अनैतिक एवं असक्षम भएको कुरा चर्चा छ
हाम्रो देशमा राजनीतिक दलहरूका कार्यकर्ताहरू दलतान्त्रिक भए । प्रजातान्त्रिक हुन सकेनन् । आप्mनाहरूले जे गरे पनि ठिक देख्ने र त्यही कुरा अरूले गरेमा भयङ्कर राजनीतिक बेइमानी देख्ने दोषी आँखा र कलुषित मनहरूका कारण राजनीति देश र जनताका हितमा उपयोग हुन सकेको छैन । सामाजिक मिडियाहरूमा ट्रोल बनाएर शीर्ष भनिनेहरूलाई अब आउन पाइन्छ पाइँदैन भन्ने लोक भाषामा तस्बिरसहित राजनीतिक क्षेत्रबाट बिदा गरेका कार्टुनहरू आइरहन्छन् । यो वा त्यो माध्यमबाट जनताले असन्तोष व्यक्त गरिरहेका छन् । लोक विश्वास गुमाइसकेका र दलहरूले गठबन्धन गरी निर्वाचनमा जाँदै छन् । गठबन्धन एउटा सत्तामा पुग्ने अन्तिम रणनीति हो । राजनीतिक दलहरूको छलछाम र ठगी धन्दाका अर्थ बुभ्mने पालो अब जनताको हो । मतदाताको हो । राम्ररी बुभूmन् ।
विगत ५ वर्षमा अहिलेको नेतृत्वले जनताको मन खुसाउने होइन, मन दुखाउने मात्र काम काम भएको छ । जनताले एमसीसी पास नगर भने । यिनीहरूले गरे । एसपीए पनि सस्पेन्स बनाइएको छ । नागरिकता विधेयक पारित नगर भने, जबर्जस्ती गरियो । जनताले महंगी नियन्त्रण गर सरकार भने । बढेको बढ्यै भयो । गठबन्धन गरेर निर्वाचनमा जान लोकतान्त्रिक अभ्यास होइन भने, यिनीहरूले सत्ताका लागि गठबन्धन गर्दै छन् । यस्तो अलोकतान्त्रिक, अप्रिय दलका नेतृत्वहरूलाई फेरि निर्वाचित गराउनु भनेको नेपाली जनता अत्यन्त मूर्ख हुन् भन्ने राष्ट्रिय एवं अन्तर्राष्ट्रिय रेकर्ड छ । फेरि प्रमाणित हुनेछ । यही अहिलेको नेतृत्व निर्वाचित भएमा फेरि ५ वर्ष यिनीहरूका लागि राजनीति अझै पुँजी वृद्धि गर्ने र आफन्त पोस्ने माध्यम हुनेछ । देश बर्बाद हुनेछ । तसर्थ, अब भ«ष्ट, असक्षम र विदेशीहरूको इसारामा नाच्ने पात्रलाई भोट नहालौं । राजनीतिक दलभन्दा देश ठूलो हो । नेपाली समाज ठूलो हो । देश र समाजको पक्षमा काम गरौं ।
हरेक नेपालीहरू सबैभन्दा पहिले नेपाली हौं । त्यसपछि मात्र राजनीतिक दलका कार्यकर्ता हौं वा मतदाता हौं । यसो हो भने देशको हित हुने काममा सबै एक ठाउँमा जुट्नुपर्छ । अहिलेको अवस्थामा देशको हित गर्नु भनेको सक्षम नेतृत्वलाई मतदान गर्नु हो । हाम्रो देशमा कुनै पनि राजनीतिक दलको घोषणा पत्र, विकास योजना वा कार्यव्रmमहरूको अध्ययन गरेर मतदान गर्ने संस्कृति छैन । समाजमा मेरा बाजेका पालादेखि रुखमै भोट हाल्ने खानदानी चलन छ भन्नेहरू धेरै छन् । वा, मदन भण्डारीका तत्कालीन भाषणहरू सुनेर सूर्य चिन्हमा भोट हाल्नेहरूको संख्या ठूलो छ । अर्थात्, नेपालमा संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र ल्याउने माओवादी हो । त्यसैले, हँसिया हतौडा छोडिन्न भन्नेहरू पनि त्यत्तिकै छन् । समाजमा यस्तो सामाजिक एवं राजनीतिक चेतनाको व्रmमभंग आजको खाँचो हो । त्यसैले, बल्ल खाइस् मंगले, आप्mनै ढंगले भन्ने लोक उक्तिको उपयोग गर्ने बेला यही हो ।
व्याप्त रहेको महंगी, बेरोजगार र कुशासन हटाउन देशलाई सक्षम नेतृत्व चाहिएको छ, यस्तो नेतृत्व चयन गर्ने पालो जनताको हो
हाम्रो देशमा ठूलो संख्यामा अग्रज पुस्ताका मतदाता अशिक्षित छन् । उनीहरूले सामाजिक प्रवाहका आधारमा मतदान गर्ने गर्छन् । वा परिवारका सदस्यहरूले जसलाई भन्यो, उसैलाई मतदान गर्ने चलन पनि छ । पढेलेखेको नयाँ पुस्ता विदेशमा छ । अझै डरलाग्दो पक्ष त निर्वाचनमा पैसा वितरण गर्ने, मासु भात वा मादक पदार्थको उत्सव मनाउन पाइने भएकाले पनि ठूलो संख्याका मतदाताहरूले राजनीतिक दल र व्यक्ति हेर्दैनन् । क्षणिक फाइदामा लोभिन्छन् । विगत ३० वर्षदेखि यिनै अहिलेका असक्षम नेतृत्वहरू बारम्बार चुनाव जितिरहनुको पछाडि उल्लेखित सामाजिक मनोविज्ञान, जनचेतना र नोटले भोटको काम गरेको देखिन्छ । फलतः देश अहिले अभिभावकविहीनको अवस्थामा पुगेको छ वा लथालिंग भएको छ ।
समाजशास्त्रीय दृष्किोणबाट हेर्दा समाजमा जबसम्म शैक्षिक चेतना प्रबल हुँदैन, तबसम्म मतदाताले राजनीतिक दल र यिनीहरूको सैद्घान्तिक आधार, घोषणापत्र, आर्थिक नीति र विकास योजनाका आधारमा दल वा व्यक्ति छनोट गर्न सक्षम हुँदैनन् भन्ने गरेको पाइन्छ । लोकतान्त्रिक मुलुकका मतदाताले राजनीतिक दलहरूको सबल एवं दुर्बल पक्षहरूको अध्ययन गरी त्यसका आधारमा दल र व्यक्ति विशेषको छनोट गर्ने चेतनाको विकास गर्नुपर्छ भन्ने मान्यता रहेको पाइन्छ । हाम्रो देशको सन्दर्भमा यसो हुन सकिरहेको छैन । डडेल्धुराबाट २०४८ साल पछाडिका हरेक निर्वाचनमा त्यहाँका मतदाताले शेरबहादुर देउवालाई जिताइरहेका छन् । यिनी अहिले पाँचौंपटक प्रधानमन्त्री छन् । देउवा सरकारले पाँचवटा देश र जनताका लागि गरेका कामको सूची बनाऊ भन्दा मतदाताले नै भन्न सक्दैनन् । फेरि पनि उनीलगायत अन्य दलका शीर्ष भनिने असफल नेतागणलाई मतदान गरेर देश बर्बाद नपारियोस् । हेक्का रहोस्, यो वृद्ध जत्था चुनाव जित्न कसिएको देखिन्छ ।
अन्त्यमा, नेपाल हामी सबैको साझा घर हो । यो देशको सुरक्षा, संरक्षण, प्रगति र विकास गर्ने हामी सबैको साझा दायित्व हो । कर्तव्य हो । देशको विकास हामी सबैको विकास हो । देश बिग्रिए हामीले दुःख पाउँछौं, पाइरहेका छौं । सक्षम राजनेताको अभावमा मुलुक कुहिराको कागजस्तो भएको छ । लोकतन्त्र सीमित नेता विशेष र यिनका आसेपासेका लागि मात्र अवसर बनेको छ । कमाइ खाने भाँडो भएकोे छ । जनताको चुलाचौकामा लोकतन्त्र पुग्न सकेको छैन । महंगी, बेरोजगार र कुशासन व्याप्त छ । त्यसैले, देशलाई सक्षम नेतृत्व चाहिएको छ । यस्तो नेतृत्व चयन गर्ने पालो जनताको हो ।






